नेपालगन्जमा स्व. राजा बिरेन्द्रको शालिक पुनःस्थापन गरेरै छाड्ने
नेपालगन्ज २८ असार :नेपालगन्जमा स्व. राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न मातृभूमि नवनिर्माण अभियानको सुरु भएको छ ।अभियानका संयोजक तेज बिक्रम शाहले राजा बिरेन्द्रको शालिक पुनःस्थापन गर्न नेपालगन्जको बिरेन्द्र चोक (धम्बोझी चोक) मा पत्रकार सम्मेलनमा बोल्दै मातृभूमि नवनिर्माण अभियानको संयोजक तेज बिक्रम शाहले कुनै पनि परिस्थितिमा स्व. राजा बिरेन्द्रको शालिक स्थापन गरेरै छाड्ने बताएका छन् ।

मातृभूमि नवनिर्माण अभियानका संयोजक तेज बिक्रम शाहका अनुसार अभियानले नेपालगन्जको बिरेन्द्र चोक स्थित राजा बिरेन्द्रको शालिक पुनर्स्थापना गर्नको लागि पहिलो चरणमा राजनैतिक दलहरुको सहमति लिनको लागि सम्पर्क, समन्वय र अन्तरक्रिया गर्ने र जिल्ला प्रशासन कार्यालय,बाँके, अन्य सुरक्षा निकायहरु संग पनि सम्पर्क र समन्वय गर्ने बताएका छन् ।
बिरेन्द्र चोकमा राजा बिरेन्द्रको शालिक जुनसुकै परिस्थितमा पनि पुनर्स्थापना गरिने जानकारी गराउदै सम्बन्धित सबैलाई रचनात्मक सहयोग र ऐक्यबद्धता जाहेर गरिदिनुहुन हार्दिक अनुरोध गर्दै अभियानको घोषणा गरेका हुन् ।
साथै राजा बिरेन्द्रको शालिक पुनःस्थापनको लागी १५१ सदस्य रहेको राजा बिरेन्द्र शालिक पुनर्स्थापना समिति,नेपालगंज,बाँके गठन गरेको जानकारी गराएका छन् ।
त्यस्तै अभियानले शालिक निर्माण उपसमितिको संयोजकमा गणेश थापा, स्वयं सेवक परिचालन उपसमितिको संयोजकमा कपिल् शाह, मिडिया परिचालन उपसमितिको संयोजकमा बिरेन्द्र गहतराज र आर्थिक ब्यबस्थापन उपसमितिको संयोजकमा सन्ध्या शाही रहेको जनाएको छ ।


