Uncategorized

वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम

नेपालगन्ज ०६ साउन ।

नेपाली कांग्रेस बाँकेले वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ ।
नेपाली कांग्रेस बाँकेले नेपाली राजनितीका शिखरपुरुष ,प्रजातान्त्रीक समाजवादका प्रबद्र्धक ,प्रथम जननिर्वाचित आफ्ना पूर्व पार्टी सभापति एवम् पूर्व प्रधानमन्त्री ,नेपाली साहित्य जगतका मुर्धन्य व्यक्तित्व जननायक वीपी कोइरालाको ४१औं स्मृति दिवसमा माल्यार्पण कार्यक्रम गरेको छ । नेपालगञ्ज वीपीचोकस्थित वीपीको शालिकमा शनिवार विहान माल्यार्पण गरिएको हो ।

 

माल्यार्पण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडलेले वीपी विचार र मार्गदर्शनलाई कांग्रेसले आफ्नो पार्टी जीवनमा अबलम्बन गर्दै समुन्नत मुलुक निर्माणको अभियानमा जुट्नुपर्ने बताए । कांग्रेस एकजुट भए कसैले पनि कांग्रेसको बेगलाई रोक्न नसक्ने भन्दै गौडेलले पार्टीमा अभूतपूर्व एकतामा जोड दिनुपर्ने समेत आफनो धारणा व्यक्त गरे। उनले गाउँगाउँमा सांगठनिक अवस्था मजबुत बनाउनतर्फ लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।
माल्यार्पण कार्यक्रमलाई पूर्व पार्टी सभापति एवम् पूर्व मन्त्री गजेन्द्रबहादुर हमाल, संविधानसभा सदस्य एवम् लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी, संविधानसभा सदस्य अब्दुल हमिद सिद्दिकी ९भोला० ले सम्बोधन गर्दै वीपी विचार, सिद्धान्त र निष्ठा हरेक कांग्रेस जनका लागि मागदर्शन भएको बताए ।
नेपाली कांग्रेस बाँकेका सचिव सुधांशु कोइरालाले सञ्चालन गरेको कार्यक्रममा पार्टी पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा सुभेच्छुक संगठनका प्रमुख लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द