Uncategorized

बाँकेको जानकी गाउँपालिकामा बृक्षारोपण

नेपालगन्ज ०६ साउन ।

४१औं वीपी स्मृती दिबसका अबसरमा बाँकेको जानकी गाउँपालिकामा बृक्षारोपण गरिएको छ।
नेपाली कांग्रेस जानकी गाउँपालिकाको आयोजनामा जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँ को प्रमुख आतिथ्यता र नेपाली कांग्रेस जानकी गाउँपालिकाका सभापति दयाराम यादवको अध्यक्षतामा मानपुर स्थित कन्या बिद्धयालयमा शनिवार बृक्षारोपण रोपन गरिएको हो।
बृक्षारोपण कार्यक्रममा बोल्दै नेपाली कांग्रेस जानकी गाउँपालिकाका सभापति दयाराम यादवले वीपीले देखाएका मार्गदर्शनलाई आत्मसाथ गर्नुपर्ने बताए।
त्यसैगरेर नेपाली कांग्रेस बाँकेका महासमिती सदस्य तथा युवा नेता लक्ष्मी नरायण शाहले पार्टी भित्रको गुट उपगुटलाई अन्त्य गरेर पार्टीलाई सशक्त गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष छब्बन खाँ ,प्रमुख प्रशासकिय अधिकृत सिँहराज डाँगी,राजु यादव ,परामर्षदाता शोहराव अली दर्जी , नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द