Business, Entrepreneurs
Home > Business, Entrepreneurs > नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र
नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र
Friday, March 21, 2025
नयाँ प्रदेश
नेपालगन्ज ०८ चैत । नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल सरकारसँग माग गरेको छ ।
संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओली नेतृत्वमा बाँकेका जनप्रतिनिधि, उद्योगी, व्यवसायी सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेललाई सुख्खा बन्दरगाह निर्माण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो । अर्थमन्त्री पौडेलले सुख्खा बन्दरगाह आवश्यक रहेको बताउँदै डीपीआर गर्न लगाउने बताएको ओलीले जानकारी दिए ।
संघका कार्यवाहक अध्यक्ष ओलीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा नेपालगन्जको एकीकृत भन्सार जाँचचौकी (आइसीपी)लाई नै सुख्खा बन्दरगाहमा परिणत गरी वैदेशिक व्यापार व्यवसायलाई अभिवृद्धि गर्न भनिएको छ ।
‘नेपालगन्जमा सुख्खा बन्दरगाह निर्माण हुनसके तेस्रोे मुलुुकबाट भारत हुँदै नेपाल र नेपालबाट भारत हुँदै तेस्रो मुलुकसम्म आयातनिर्यात (पैठारी) सस्तो र सहज भइ पश्चिम नेपालको औद्योगिक एवम् व्यापारिक विकासमा ठूलो टेवा पुग्नेछ’, ज्ञापन पत्रमा भनिएको छ, ‘नेपालगन्जमा हाल सञ्चालनमा रहेको आइसीपीको पूर्वाधारले तेश्रो मुलुकसँग हुने कारोबार गर्न सम्भव नहुने तथा पैठारी खर्च चर्को हुनाले लागत समेत बढ्न जाने हुँदा वैदेशिक व्यापारलाई सहज र सरल बनाउन पनि नेपालगन्जमा सुख्खा बन्दगाह अपरिहार्य रहेको छ ।’
अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापन पत्र बुझाउन संघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी ओलीसहित बाँकेका प्रतिनिधिसभा सदस्य दीपा शर्मा, केएल दुगडका महाप्रबन्धक प्रदीप छाजेड, दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगड, उद्योगी सञ्जय अग्रवाल र नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भीमबहादुर रानाभाट सहभागी भएका थिए ।

प्रकाशित मिति: