नेपाल रेडक्रस सोसाइटीद्वारा २ दिने सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी अभिमुखीकरण सम्पन्न
नेपालगंज ९ चैत्र । नेपाल रेडक्रस सोसाइटीद्वारा २ दिने सामुदायिक संलग्नता तथा जवाफदेहिता सम्बन्धी अभिमुखीकरण नेपालगंजमा शनिबार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटीले प्रवाह गर्ने सेवा तथा कार्यक्रमहरुमा समुदायको संलग्नता तथा जवाफदेहितालाई मूल प्रवाहीकरण गर्ने र यसका समग्र गतिविधिहरु दिगो, प्रभावकारी र परिणाममुखी बनाउने, संचालित कार्यक्रम तथा सेवाहरुका बारेमा समुदायको बुझाई, संस्था प्रतिको विश्वसनियता एवं सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले समुदायमा पुगी सर्वे गर्न स्वयंसेवकलाई दक्षता बनाउने उद्देश्यले अभिमुखीकरण भएको हो ।
समुदाय विश्वास सूचकाक सर्भे (सी.टी.आई) का लागि १२ जना स्वयंसेवक परिचालन गरिएको छ । स्वयंसेवकहरुले नेपालगंज उपमहानगरपालिकाको ९ वटा वडामा र डुडुवा गाउँपालिकाको ६ वटै वडाहरुमा पुगी स्थानीय व्यक्तिहरुसंग छलफल गरी फाराम भर्ने छन् ।
अभिमुखीकरण कार्यक्रमको शुभारम्भमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झना, मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, संचार तथा मानवीय मुल्य प्रवद्र्धन समिति संयोजक सनतकुमार रेग्मी, शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, लेखा अधिकृत झवीलाल शर्मा र स्वयंसेवकहरुको उपस्थिति रहेको थियो ।
अभिमुखीकरणको सहजीकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय मानवीय मुल्य प्रवद्र्धन तथा संचार विभागकी कार्यक्रम संयोजक सरिता ढुगाना, संचार अधिकृत अजन्ता ढकाल र नेरेसो बाँके शाखाका कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा रहनु भएको थियो ।


