Business, Entrepreneurs

बाँकेका ८१ वडा मध्ये नेपालगञ्जको वडा नम्बर १८ मा पार्टीको वडा कार्यालय निर्माण शुरु

नेपालगञ्ज १० चैत  । नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले पार्टीको वडा कार्यालय निर्माण सुरु गरेको छ । आइतबार शिलान्यास गरिएको वडा कार्यालयको नाम ‘सुशील कोइराला स्मृति भवन’ राखिएको छ ।

पार्टीका वडा उपसभापति राजाराम सुवेदीका अनुसार बाँकेका ८१ वडा मध्ये नेपालगञ्जको वडा नम्बर १८ मा पार्टीको वडा कार्यालय निर्माण हुन लागेको यो नै पहिलो हो । वडा कार्यालय निर्माणका लागि सोही वडाका राम कुमार वर्माले करीब ५० लाख मूल्य बराबरको साढे आठ धुर जग्गा दान दिएका छन् ।

वडा कार्यालय भवन निर्माणका लागि करीब ५ लाख रुपैयाँ लागत लागत स्टिमेट गरिएको छ । निर्माणाधीन वडा कार्यालय भवन एक तल्लाको हुनेछ । जसमा वडा सभापति र कार्यालय सचिवको एक÷एक कोठाका अलावा बैठक कक्ष र शौचालय र कम्पाउण्ड वाल निर्माण गरिनेछ ।वडा कार्यलय भवन शिलान्यास समारोहमा प्रमुख अतिथि केन्द्रीय सदस्य बाल्मिकीले विकास, संगठन र एकता नेपाली कांग्रेसको मूलमन्त्र बन्नुपर्नेमा जोड दिए । पार्टीका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुुनले प्रजातन्त्रका विरोधीहरुले जति नै हल्ला गरे पनि लोकतान्त्रिक गणतन्त्रलाई अब कसैले हल्लाउन नसक्ने प्रष्ट पार्दै नेपाली जनताहरु अब उल्टो वाटो फर्कन सक्दैनन् भने । पार्टीका जिल्ला सभापति नारायण प्रसाद गौडेलले नेपाली कांग्रेसको संरचनागत विकास, सांगठानिक विकास र घरदैलोमा जनताको सेवामा बाँके पार्टी पंक्ति अहोरात्र खटिरहेको बताउदै, यो सबै भूमिकामा पार्टीका कार्यकर्ताहरुको योगदान मननयोग्य रहँदै आएको छ भने । वडा सभापति जगदिश प्रसाद कुर्मीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।पार्टी वडा सचिव हिरेन्द्र बहादुर खड्काले संचालन गरेको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी, प्रदेश सांसद बादशाह कुर्मी, नेपालगञ्जका मेयर प्रशान्त विष्ट र महासमिति सदस्य राजकुमार वर्माले बोलेका थिए भने कार्यक्रममा पार्टीका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, जिल्ला सचिव सुधांशु कोइराला, सहसचिव विनोद कुमार थारु, लुम्बिनी प्रदेशका पूर्व सांसद मो. याकुब अन्सारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा जननायक विपी कोइराला र संविधान पिता सुशील कोइरालाको तस्वीरमा माल्यार्पण गरिएको थियो ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द