Business, Entrepreneurs

प्रमुख जिल्ला अधिकारीले पत्रकारलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेकोमा महासंघको विराेध

प्रमुख जिल्ला अधिकारीले पत्रकारलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेकोमा महासंघको विराे

काठमाडौं ०७ बैशाख । समाचारको विषयमा फोनमा कुरा गर्दा बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले मिसन टुडे दैनिकका पत्रकार शुभाकर विश्वकर्मालाई अपशब्द प्रयोग गरी गालीगलौज गरेकोमा नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

वैशाख ५ गते शुक्रबार नागरिकता नपाएका एक जना व्यक्तिका बारेमा बुझ्न खोज्दा जोशीले ‘नागरिकताका लागि फोन गर्नेलाई म दलाल नै सम्झिन्छु’ भन्ने आपत्तिजनक शब्द प्रयोग गरेको महासंघ बाँके शाखाले जनाएको छ ।

बांकेका प्रहरी प्रमुख उपरीक्षक (एसपी) तुलबहादुर कार्कीले समेत पत्रकार विश्वकर्मालाई फोन गरेर उक्त विषयमा केरकार गरेको शाखाको भनाइ छ ।

राज्यका जिम्मेवार अधिकारी र प्रहरीबाट पत्रकारलाई समाचारका लागि सघाउनु र सहज वातावरण निर्माण गर्नुको साटो यस प्रकारले प्रस्तुत हुनुलाई महासंघले अत्यन्त निन्दनीय, गैरजिम्मेवार र प्रेस स्वतन्त्रताविरोधी कदमका रुपमा लिएको छ ।

यसबाट पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्रसित बनाउनुका साथै पत्रकारको संवैधानिक सुनिश्चितता र सामाजिक सद्भावमा समेत आघात पुग्ने महासंघको ठहर छ ।

महासंघ प्रेसविरोधी यो घटनाको सत्यतथ्य छानिबन गरी यस्ता हर्कतमा संलग्न जो कोही भए पनि कानुनबमोजिम कारबाही गरी पत्रकारलाई निर्धक्क र सुरक्षित रूपमा काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहोरिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकायसँग माग गर्दछ ।

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द