सामाजिक उद्यमी महिला सहकारी संस्थाको पांचौं साधारण सभा सम्पन्न
बाँके २४ असाेज । बैजनाथ ४ मा २०७७ सालमा स्थापना भएको बैजनाथ सामाजिक उद्यमी महिला सहकारी संस्थाको पांचौं साधारण सभा शुक्रबार बैजनाथ ३ बैरहवामा सम्पन्न भएको छ ।
महिलाहरुलाई लघु उद्यमी बनाएर आत्मनिर्भर बनाउने मुल उद्देश्यका साथ सधारण सभामा उपस्थित अतिथीहरुले बैजनाथ गाउँपालिकाका १ देखि ४ वडा सम्म महिला उद्यमी उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको भन्दै सहकारीको खुलेर प्रसंसा गरेका छन ।
बैजनाथ गाउँपालिकाका पुर्ब अध्यक्ष मान बहादुर रुचाल, वडा नं ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही र जिल्ला सहकारी संघका अध्यक्ष प्रेम सुबेदिले संयुक्त्त रुपमा दिप प्रज्वलन गरि उदघाटन गरिएको पाँचौं साधारण सभामा २ करोड १५ लाख बराबरको बार्षिक बित्तिय बिबरण अध्यक्ष कमला बुढाको अनुमतिले प्रबन्धक प्रमोद रिजालले सार्बजनिक गरेका थिय ।
असार मसान्त सम्म १५४५ सदस्य मार्फत महिला उद्यमी उत्पादन कार्यक्रम संचालन गरेको सहकारिले मुख्यगरी आफ्ना शेयर सदस्यहरुलाई ब्यबसायिक बाख्रापालन, बजारिकरण र कर्जा बचतको कार्यक्रम गर्दै आएको छ ।
३ सय ५३ जनालाई उद्यमी बनाउन सफल सहकारिको हाल लगानिमा रहेको कर्जा एक करोड ६१ लाख रहेको छ भने बचत परिचालन एक करोड १२ लाख तथा चुक्ता पुँजी ४२ लाख ३१ हजार ९ सय रहेको साधारण सभामा पेश गरेको आर्थिक प्रतिबेदनमा उल्लेख छ ।
शुद्द नाफा ६ लाख ३६ हजार रहेको सहकारीले यो बर्ष नगदमा नाफा बाँडफाँट गर्ने गरि साधारण सभाले पास गरेको छ भने साधारण सभासामु पेश गरिएका सबै प्रतिबेदन बहुमतकासाथ पारित भएका छन ।
साधारण सभाले बिना धितोका कर्जाहरु पहिलो बर्ष १ लाख अबधि १८ महिना सम्म, दोस्रो बर्ष २ लाख सम्म अबधी २४ महिना सम्म र तेस्रो बर्ष ३ लाख अबधी ३६ महिना सम्म हुने गरि कर्जा सिमा समेत पारित गरेको छ भने धितोमा आधारित कर्जा बितरणको अन्तिम सिमा १० लाख सम्म रहने र अबधी ५ बर्ष गराउने गरि अनुमोदन गरेको छ । जसमा धितो मुल्यांकन बमोजिम ५ लाख सम्म ठाडो रोक्कामा र सो भन्दा माथी दृस्टिबन्धक राखिने गरि सभाबाट म्यान्डेट प्राप्त भएको अध्यक्ष कमला बुढाले बताएकी छिन ।
सहकारिका सदस्य शुशिला थारुको स्वागत मन्तब्यसङ्गै प्रारम्भ पाँचौ साधारण सभा सफलताको शुभकामना ब्यक्त्त गर्दै बैजनाथ गाउँपालिकाका पुर्ब अध्यक्ष मान बहादुर रुचालले तत्कालिन सरकारले जन्माएको बैजनाथ उद्यमी महिला सहकारीलाई अहिलेको सरकारले समेत अपनत्व ग्रहण गर्नुपर्ने भन्दै सरकार फेरिन सक्ने भए पनि उद्यमी उत्पादन गर्न स्थानिय सरकारको दायित्व भएको बताए ।
उनले महिला उद्यमीहरु कुनै एक राजनैतिक आस्थाका सदस्य नरहेको प्रस्ट पार्दै पुर्व अध्यक्ष रुचालले महिला सशक्तीकरण भनेर भाषण गर्दैमा सशक्तीकरण नहुने तर उद्यमी हुने बाताबरण तयार भए अबस्य सशक्तीकरणको नाराले सार्थक पाउनेमा जोड दिए ।
सहकारिका अध्यक्ष कमला बुढाको अध्यक्षतामा आयोजित उत्त साधारण सभामा बौजनाथ वडा नं ४ का वडा अध्यक्ष प्रेम बहादुर शाही, जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम सुबेदी, ओसिडिसिका प्रतिनिधि रबि रोकाय लगाएतले शभाको शुभकामना ब्यक्त्त गरेका थिय ।
विभिन्न समुहका ८०० बढी महिलाहरुको सहभागितामा आयोजित साधारण सभाले उत्कृष्ट हुने समुहहरुलाई पुरस्कृत समेत गरेको सहकारिका सचिव शारदा शाहले जानकारी दिइन् ।


