Business, Entrepreneurs

गुरुकुलद्वारा विपन्न बालबालिकहरूलाई शैक्षिक साम‌ग्री वितरण

बाँके २१ कार्तिक । नेपालगन्ज वडा नम्बर २ मा रहेकाे गुरुकुल बचत तथा ऋण सहकारी संस्था लि. ले सामाजिक विकास मञ्च र सेभ द चिल्ड्रेनके साझेदारीमा सञ्चालित घुम्ति काेष मार्फत अतिरिक्त आम्दानीबाट बाल अनुदान काेषमा छुत्याईएको रकम मार्फत नेपालगञ्ज उप-महा नगरपालिकमा रहेक सरकारी विद्यालय सरस्वती माध्यमिक विद्यालय, वागेश्वरी आधारभुत विद्यालय, मंगल प्रसाद मा.वि. श्री आधारभूत माध्यामीक विद्यालय, महेन्द्र माध्यामिक विद्यालय, महाराजा माध्यामिक विद्यालय र कन्या माध्यामिक विद्यालयका १५ जना निम्न आयस्तर भएको विपन्न बालबालिकहरूलाई शैक्षिक साम‌ग्री वितरण कार्यक्रममा प्रदिप चौधरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको छ ।

साे कार्यक्रममा लक्ष्मी काँद,आरती कांदु,राखी शर्मा,काजल गोडिया,सागुन चिडिमार,युवराज शाहु,दृष्टि सुनार,अकिता चौहान,तोहिद कवडिया, रीहान कवडिया,सिद्धार्थ ठाकुर,सिमा कोरी,सरस्वती पटहर,प्रियंका थारु,नैना कश्यप लगायतलाई ज्याकेट XL, कलम,ट्रयाक सुट small, क्यालकुलेटर,झोला, व्याग, कापी २३ हजार ४ सय २४ रुपैयाँ बराबरको सामग्री वितरण गरिएको छ ।उक्त कार्यक्रममा उमा गौचन सञ्चालक सदस्य,प्रेम बहादूर शाह, फुल कुमारी चौधरी, महेन्द्र चन्द, ब्रिजेश ठाकुर,यम ब. डॉगी,मनोज रिजाल, टिकाराम थारू , विष्णु नाथ योगी, हिना बम, युगल गिरी, देमन राज थारू लगायतको सहभागिता रहेकाे सहकारीका व्यवस्थापक टिकाराम चौधरीले जानकारी दिनुभयो।