Business, Entrepreneurs

महिला एकता समाजकाे ७औं अधिवेशन सम्पन्न

रामबहादुर गन्धर्व –

कपिलवस्तु ३० कात्तिक । नेपाल महिला एकता समाज जिल्ला कार्य समिति कपिलवस्तुकाे ७औं अधिवेशन तथा २१ औं साधरणसभा सम्पन्न भएको छ। सुरक्षित बासको सुनिश्चित अधिकार ,हिंसामुक्तका लागि महिलाको मुल आधार भन्ने मुल नारा सहित आइतबार जिल्लाकाे शिवराज नगरपालिका ३मदवमा आयोजित कार्यक्रमकाे वडा नं.३का वडाध्यक्ष टेकलाल सापकोटाले उद्वाटन गरे। अधिवेशनकाे उद्वाटन गर्दै उनले आफ्नो सेवा क्षेत्रमा रहेका २८१ भूमिहीन ,दलित भूमिहीन ,अब्यवस्थित सुकुम्बासीहरूलाई आफ्नो दुई कार्यकालमा जनता आवश कार्यक्रम अन्तरगत घर निर्माण गर्नुका साथै अति बिपन्न परिवारलाई निजी लगानीबाट समेत आवश बनाएकाे खुलस्त पार्दै जग्गा धनी पुर्जाकाे लागि पहल भइरहेको बताए ,साथै उनलेे अति बिपन्न,असाहय परिवारका सदस्यहरू आर्थिक अभावमा शिक्षा ,स्वास्थ्यबाट बञ्चित नहुन वडामा जानकारी गराउन गराउन आग्रह सहित सहयोगका लागि सधैंब तयार रहेको बताए । त्यस्तै कार्यक्रमकि बिशिस्ट अतिथि समेत रहेकी केन्द्रीय अध्यक्ष बिना बुद्धचार्यले नेपाल महिला एकता समाज २०५७सालमा स्थापना भई ४०जिल्लामा समिति गठन भएको ,पन्ध्र जिल्लामा सक्रिय रहेको जानकारी दिदै नेपालकाे संविधान धारा ३८मा अब्यवस्थित सुकुम्बासीहरूलाई जग्गा उपलब्ध गराउने ब्यवस्था भए ता पनि राज्यले कार्यान्वयन नगर्दा सास्ती खेप्नुपरेको बताइन । कार्यक्रममा बाेल्ने बक्ताहरूले संस्थाले भूमिहीन तथा अब्यवस्थित बसाेवासकाे क्षेत्रमा गरेको कार्यकाे प्रशंसा गरे । साथै उनिहरूले आफुहरू चारदशकदेखि बसाेवास गर्दै आयकाे जग्गाको हालसम्म जग्गा धनी ,लालपुर्जा नहुँदा राज्यको सेवासुविधाबाट बञ्चित रहेको जिकिर गरे। अधिवेशनले अगामी तीन बर्षका लागि देवी पुनको अध्यक्षतामा नौ सदस्यीय समिति सर्वसम्मत चयन गरेको छ। जसकाे उपाध्यक्षमा गिता बि.क.,सचिवमा रक्षा पाण्डे ,काेषाध्यक्षमा गाेमा सुनार रहेका छन् भने सदस्यहरूमा लिला परियार ,जसमति सुनार,हुमकला सुनार ,केन्द्रवती अर्याल र मुन्नि थारू चयन भएका छन् नवनिर्वाचित पदााधिकारीहरूलाई प्रमाणपत्र हस्तान्तरण गर्दै अधिवक्ता महेन्द्र प्रसाद खनालले भूमिहीन सुकुम्बासीहरूलाई न्यायका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । कार्यक्रम नारायणी पाण्डेको अध्यक्षतमा सम्पन्न भएको थियो ।