नागरिककाे १८औं वार्षिक स्थापना दिवस सार्वजनिक स्थानको सरसफाई गरेर मनाए
२० मंसिर, बाँके । नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औं वार्षिक स्थापना दिवस सार्वजनिक स्थानको सरसफाई गरेर मनाएको छ ।स्थापना दिवसको अवसरमा बागेश्वरी मन्दिर परिसरमा सरसफाई गरिएको छ । उक्त सरसफाई कार्यक्रममा २५ जनाको सहभागिता रहेको थियो ।
सहकारीका अध्यक्ष जङ्गबहादुर बिष्टले सरसफाई कार्यक्रममा २०६६ साल मंसिर २० गते अर्थात आजैको दिन बसेको प्रथम प्रारम्भिक भेला र २७ गते बसेको दोस्रो भेलाको निर्णय बमोजिम नेपालगञ्ज नगरपालिका १७ वटा वडाहरूमा कार्य क्षेत्र विस्तार गरिएको बताए ।
जसमा २८ जना सदस्यहरू मिलेर जम्मा पूँजी तीन लाख २४ हजार ५०० जम्मा गरी २०६६ साल माघ गते सहकारी परीक्षण तथा डिभिजन कार्यालय बाँकेमा दर्ता नम्बर ४६०(५०)२०६६/०६७ आन्तरिक राजस्व कार्यालय लेखा नम्बर ३०३९५३२०५ प्राप्त गरी वित्तीय रूपमा २०६७ साल साउन १ गते आफ्नो कारोबार सुरु गरेको सहकारीका अध्यक्ष बिष्टले जानकारी गराए ।
फोटो फिचर



