नरैनापुरमा राहत सामुदायिक वनको साधारण सभा सम्पन्न, संरक्षण र दिगो व्यवस्थापनमा जोड

बाँके ११ कार्तिक । बाँकेको नरैनापुर गाउँपालिका–३ स्थित राहत सामुदायिक वन उपभोक्ता समितिको साधारण सभा बुधबार सम्पन्न भएको छ। सभामा सामुदायिक वनको संरक्षण, दिगो व्यवस्थापन तथा वन उपभोक्ताको हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

समितिका अध्यक्ष उमर खानको अध्यक्षतामा सम्पन्न सभामा करिब १५० जना वन उपभोक्ता तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

कार्यक्रममा सबडिभिजन वन कार्यालय नरैनापुरका प्रमुख मोहम्मद ओली राई, नरैनापुर इलाका प्रहरी चौकीका इन्चार्ज दिनेश बहादुर श्रीमाल, पचपेडवा प्रहरी चौकीका इन्चार्ज तुरन्त थारू तथा वडा सदस्य लगायतको उपस्थिति रहेको थियो।

सभामा सामुदायिक वनको संरक्षणलाई प्रभावकारी बनाउने, वन स्रोतको उचित उपयोग गर्ने, वनको दिगो व्यवस्थापन सुनिश्चित गर्ने तथा उपभोक्ताको हितलाई प्राथमिकतामा राख्ने विषयमा छलफल गरिएको थियो। सामुदायिक वनको संरक्षण र व्यवस्थापनमा उपभोक्ताको सक्रिय सहभागिता बढाउँदै वन क्षेत्रको विकासमा जोड दिनुपर्ने विषयसमेत उठाइएको थियो।

स्थानीय समुदायको महत्त्वपूर्ण प्राकृतिक स्रोतका रूपमा रहेको सामुदायिक वनको संरक्षण तथा दिगो उपयोगका लागि उपभोक्ता समिति, स्थानीयवासी र सम्बन्धित निकायबीच समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूले औँल्याएका थिए।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img