गैसस महासंघ नेपाल बाँकेको १० औं अधिवेशन जेठ १२ गते हुने

नेपालगन्ज १६ बैशाख /गैर सरकारी संस्थाहरुको छाता संगठन गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाको १० औँ अधिवेशन तथा २३ औं साधारण सभा यही जेठ १२ गते हुने भएको छ । बुधबार बसेको गैसस महासंघ नेपाल बाँके शाखाको कार्य समिति बैठकले जेठ १२ गते अधिबेशन गर्ने निर्णय गरेको हो ।
अधिवेशन भव्यताका साथ सफल पार्नका लागि जेठ ५ गतेभित्र आवद्ध संस्थाहरुको नविकरण गरिसक्ने बैठकले निर्णय गरेको छ । अधिबेशनमा गैसस महासंघ नेपालका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराइ, केन्द्रीय महासचिब देवी खड्का, केन्द्रीय सचिब नमस्कार शाह लगायतको सहभागिता रहने छ ।
गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखा अध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको अध्यक्षतामा बुधबार बसेको बैठकले अधिबेशनलाइ सफल पार्न सम्पुर्ण आबद्ध संस्थाहरुलाइ अनुरोध गर्ने निर्णय गरेको शाखा उपाध्यक्ष मन भण्डारीले बताए । बैठकमा गैसस महासंघ नेपालका केन्द्रीय सचिब नमस्कार शाह, शाखाका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles