spot_img
spot_img

देउतादिन माविका विद्यार्थीद्वारा बाढीपीडितको सहयोगार्थ रु. ३,५५५ हस्तान्तरण

नेपालगन्ज २६ भदौ । विपद्को समयमा सानो सहयोगले पनि ठूलो अर्थ राख्ने सन्देश दिँदै श्री देउतादिन माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट रकम बचत गरी बाढीपीडितहरूको सहयोगका लागि उदाहरणीय कार्य गरेका छन्।
विद्यालयका विद्यार्थीहरूले स्वेच्छिक रूपमा संकलन गरेको रु. ३,५५५ रकम विद्यालय परिवारले नेपाल बौद्ध परीयत्ति शिक्षाकी गुरुआमा अङ्गारिका यसोधरा भगवती गुरुमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले विद्यार्थीहरूले आफ्नो दैनिक खाजा खर्चबाट रकम संकलन गरेका हुन्। सानो रकम भए पनि मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको दृष्टिले यो कार्य निकै प्रेरणादायी रहेको विद्यालय परिवारले जनाएको छ।
विद्यालय प्रशासनले विद्यार्थीहरूमा सहयोग, सहानुभूति र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न यस्ता गतिविधिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। साथै, विपद्को समयमा सबै पक्षलाई आ–आफ्नो ठाउँबाट सहयोग गर्न समेत आग्रह गरिएको छ।
विद्यार्थीहरूको यस मानवीय पहलले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको भन्दै स्थानीय समुदायले प्रशंसा गरेका छन्।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु