spot_img
spot_img

सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेको अध्यक्षमा बबिता सिंह निर्विरोध निर्वाचित

नेपालगञ्ज २१ बाँके । सामाजिक सचेतन सरोकार मञ्च (स्याक) बाँकेको ३२औँ साधारणसभा तथा ११औँ अधिवेशनबाट आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ।
अधिवेशनबाट बबिता सिंह अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। त्यस्तै, कृष्ण गिरी मघुवन उपाध्यक्ष, कैलाशमान श्रेष्ठ सचिव, सरस्वती बुढा सहसचिव तथा अर्मिला रोकाय कोषाध्यक्ष पदमा निर्विरोध चयन हुनुभएको छ।

यसैगरी सदस्यहरूमा रज्जब अली बागवान, गोविन्द प्रसाद धोबी, संम्झना विक र रेखा कुमारी चौधरी निर्विरोध निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कार्यसमितिलाई अधिवेशनले आगामी तीन वर्षका लागि संस्थाको नेतृत्व तथा सामाजिक सचेतना, मानव अधिकार, समावेशी विकास र समुदायमुखी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने जिम्मेवारी प्रदान गरेको छ।
अधिवेशनमा सहभागी वक्ताहरूले सामाजिक रूपान्तरण, नागरिक सचेतना अभिवृद्धि तथा समुदायको दिगो विकासमा स्याक बाँकेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
नवनिर्वाचित अध्यक्ष बबिता सिंहले संस्थाको उद्देश्यअनुसार सामाजिक उत्तरदायित्व, महिला सशक्तीकरण, शिक्षा, स्वास्थ्य तथा समुदायका विविध सरोकारका क्षेत्रमा अझ प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु