spot_img
spot_img

जानकीमा बाल संरक्षण कोष स्थापनाका लागि एसडिएफ बाँकेको सहयोग

नेपालगन्ज २३ असार । बाल संरक्षण कोष स्थापनाको लागि एक लाख रुपैयाको चेक हस्तान्त्रण गरिएको छ । जानकी गाउँपालिकाका बालवालिकाहरुको उत्थानका लागि सामाजिक विकास मञ्च (एसडिएफ) बाँकेले १ लाख रुपैयाको चेक हस्तान्त्रण गरिएको हो ।
चेक हस्तान्त्रण कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, सामाजिक विकास शाखाका प्रमुख रामअचल धोबी, महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहा, सामाजिक विकास मञ्च बाँके (एसडिएफ बाँके) का अध्यक्ष चम्प सिङ थापा मगर, र वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसी लगायतको उपस्थितिमा बाल संरक्षण कोषका लागि चेक हस्तान्त्रण गरिएको सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले बताउनुभयो । कार्यक्रममा महिला तथा वालवालिका शाखा प्रमुख कल्पना गाहाले राज्यले गर्नुपर्ने कार्य संघसंस्थाले गर्दै आएको प्रति स्रहानिय कार्य रहेको बताउनुभयो । जानकी गाउँपालिकामा बाल संरक्षण कोष स्थापना गर्नका लागि राज्यको दायित्व भए पनि संघ संस्थाहरुको सहकार्य गरेको प्रति आभारी भएको भन्दै कोषलाई थप गरि कोषको स्थापना गर्न सहकार्य गर्दै अगाडी बढ्ने गाहाले जानकारी गराउनुभयो ।
वल्र्ड भिजन इन्टरनेशनल नेपालका बाँके जिल्ला संयोजक तिलक केसीले जोखिममा रहेका बालवालिकालाई यो कोषले राहत पुग्ने बताउनुभयो । साथै जानकीमा संचालित हातेमालो परियोजनाका अन्य क्रियाकलापबाट पनि अनाथ बालवालिका, सडक बालवालिका साथै आरसी बालवालिकालाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष परियोजनाले सहयोग गरेको जिल्ला संयोजक केसीले बताउनुभयो ।
जानकीमा रहेका जोखिममा परेका बालवालिकाहरुको तथ्याङक संकलन गरि दस्तावेजिकरण समेत गरिने उहाँले जानकारी गराउनुभयो ।
आमा, बुवा वा अभिभावक विहिन अनाथ बालबालीका, कानुनी विबादमा परेका बालबालीका मध्य बैकल्पीक हेरचाहका लागि सिफारिस बालबालीका, बाबुआमा वा सौतेनीआमा अभिभावकबाट दुर्बयबहार, हिंसा वा ब्यवस्था भएको कारणले बालबालीकाको उच्चतम हितका लागि परिवारबाट अलग गरीएका बालबालीका, जवरजस्ती वा बधुवा प्रकृतिका वा जोखीमपुर्ण वा निकृष्ट प्रकृतिको वा प्रचलीत कानुन विपरीत श्रममा संलग्न वा धुम्रपान मद्यपान एवं अन्य लागु औषधको कुलतमा फसेका एच. आई .भी संक्रमित बालबालीका, गम्भीर शारीरिक वा मानसिक स्वास्थ्य समस्याका कारण जीवन जोखिममा रही बाबु आमा वा परिवारबाट उपचारको ब्यवस्था हुन नसकेको वा सामान्य जीवन यापन गर्न कठीनाई भएका बालबालीका, बालबालीका विरुद्धको हिंसा वा बाल यौन दुब्र्यवहारबाट पीडित भएका वा त्यस्तो जोखीममा रहेका बालबालीकाहरुका लागि यो कोषले ठुलो राहत प्रदान गरिने सामाजिक विकास मञ्च बाँकेका बाल संरक्षण अधिकृत जनक चौधरीले जानकारी गराउनुभयो । यस्तै बाल संरक्षण कोष स्थापनाका लागि एसडिएफ बाँकेले १ लाख प्रदान गरेको छ भने जानकी गाउँपालिकाले ५० हजार थप गरि १ लाख ५० हजारको बाल संरक्षण कोष स्थापना गरिने पालिकाले जनाएको छ ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु