spot_img
spot_img

मनसुन पूर्वतयारी तथा व्यवस्थापन गोष्ठी सम्पन्न

नेपालगंज २३ असार । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोजनामा मनसुन पूर्वतयारी तथा व्यवस्थापन गोष्ठी मंगलवार नेपालगंजमा सम्पन्न भएको छ ।

मनसुन सक्रिय हुनसाथ हरेक वर्ष जिल्ला शाखाले आप्mना मातहतका निकायहरुलाई तयारी अवस्थामा रहन निर्देशन गर्दै आएको छ । उक्त गोष्ठीमा विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि स्वयंसेवक परिचालन, सर्वेक्षण, राहत सामग्री व्यवस्थापन, सूचना आदान प्रदान र स्थानीय तहसंगको निरन्तर समन्वय जस्ता विषयमा जानकारी गराइएको थियो ।

यसैगरी नेपाल रेडक्रस सोसाइटी बाँके अन्तर्गतका पालिका शाखा र उपशाखाहरुले पालना गर्नुपर्ने वैधानिक दायित्व, काम कर्तव्य तथा अधिकार र दृश्यात्मक एकता सम्बन्धमा जानकारी गराइएको थियो ।

उक्त गोष्ठीमा विषयगत समितिका संयोजक, नेरेसो पालिका शाखा र उपशाखाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षता सम्पन्न कार्यक्रममा शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, उपमन्त्री तथा संगठन तथा क्षमता विकास समितिका संयोजक तेजबहादुर सुवेदी, उपनिर्देश दोलखबहादुर डाँगी लगायतले विषयबस्त सान्र्दिभक विचार राख्नु भएको थियो भने गोष्ठीको सहजीकरण नेरेसो बाँके शाखाका बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा र लेखा अधिकृत झवीलाल शर्माले गर्नु भएको थियो ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु