spot_img
spot_img

गैरसरकारी संस्था महासंघ नेपाल बाँके शाखाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

नेपालगञ्ज, साउन ४ । गैरसरकारी संस्था महासंघ नेपाल, बाँके शाखाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा निर्वाचित पदाधिकारी एवं सदस्यहरूलाई प्रमाणपत्र वितरण कार्यक्रम सोमबार नेपालगञ्जमा सम्पन्न भएको छ ।
महासंघको असार १४ गते सम्पन्न १०औँ अधिवेशन तथा २३औँ साधारणसभाबाट मन भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित कार्यसमितिले औपचारिक रूपमा पदभार ग्रहण गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी सम्हालेको हो ।
पदभार ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रममा कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय सचिव नमस्कार शाहले गैरसरकारी संस्थाहरू समाज परिवर्तनका महत्वपूर्ण साझेदार भएकाले महासंघलाई अझ सशक्त, एकताबद्ध र परिणाममुखी बनाउँदै लैजान आवश्यक रहेको बताए । उनले सदस्य संस्थाहरूको क्षमता विकास, नीति वकालत, सुशासन तथा पारदर्शितालाई प्राथमिकतामा राखेर अघि बढ्न नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।
महासंघ बाँके शाखाका पूर्व अध्यक्ष तेजविक्रम शाहले महासंघले विगतदेखि स्थापना गरेको संस्थागत गरिमा र विश्वसनीयतालाई अझ मजबुत बनाउनुपर्ने  बताए । उनले अनुभव र नयाँ ऊर्जाको समन्वय गर्दै सबै सदस्य संस्थालाई समेटेर अघि बढ्नुपर्ने तथा महासंघलाई जिल्लाको साझा नागरिक संस्थाको रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे ।
नवनिर्वाचित अध्यक्ष मन भण्डारीले आफूलाई विश्वास गरी नेतृत्वको जिम्मेवारी प्रदान गर्ने सम्पूर्ण सदस्य संस्था तथा प्रतिनिधिप्रति आभार व्यक्त गर्दै महासंघलाई सबै सदस्य संस्थाको साझा चौतारीका रूपमा विकास गर्ने प्रतिबद्धता ब्यक्त गरे । उनले सदस्य संस्थाहरूको हक–हित संरक्षण, संस्थागत क्षमता अभिवृद्धि, नीति तथा वकालत, सुशासन प्रवद्र्धन र स्थानीय सरकार तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्दै महासंघलाई थप सक्रिय र प्रभावकारी बनाउने बताए ।
निर्वाचन समितिका संयोजक केशव कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेको थियो । कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य हेमराज भट्टले गरेका थिए ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु