spot_img
spot_img

रास्वपा जानकी गाउँपालिकाको बैठक सम्पन्न, साउनभित्रै वडा अधिवेशन गर्ने निर्णय

बाँके, साउन १९ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जानकी गाउँपालिका, बाँकेको नियमित संगठनात्मक बैठक मंगलबार सम्पन्न भएको छ। बैठकले पार्टी संगठनलाई थप सुदृढ र क्रियाशील बनाउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले गाउँपालिकाभित्र हालसम्म अधिवेशन सम्पन्न हुन बाँकी रहेका सबै वडाहरूको अधिवेशन २०८३ साल साउन महिनाभित्रै सम्पन्न गर्ने निर्णय गरेको छ। वडा तहको संगठनलाई बलियो बनाउँदै पार्टीको आधार विस्तार गर्ने लक्ष्यका साथ अधिवेशनलाई प्राथमिकताका साथ सम्पन्न गरिने जनाइएको छ।
बैठकमा पार्टीको Candidate Club सम्बन्धी विषयमा समेत विस्तृत छलफल गरिएको थियो। उक्त कार्यक्रमबारे सबै सदस्य तथा कार्यकर्तालाई जानकारी गराउने, यसको उद्देश्य, कार्यविधि र सहभागिताका विषयमा स्पष्ट पार्दै पार्टीभित्र सक्षम र योग्य नेतृत्व विकास गर्ने वातावरण तयार गर्ने निर्णय गरिएको छ।
त्यसैगरी पालिका तथा जिल्ला कार्यालयको नियमित सञ्चालन, व्यवस्थापन र विभिन्न संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउन आर्थिक स्रोत व्यवस्थापन आवश्यक रहेको निष्कर्ष निकाल्दै आर्थिक सहयोग संकलन अभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ। पार्टीका सदस्य, शुभेच्छुक तथा समर्थकहरूबाट स्वेच्छिक सहयोग जुटाउने विषयमा समेत छलफल भएको बताइएको छ।
बैठकमा पार्टीको आगामी संगठन विस्तार अभियान, सदस्यता अभिवृद्धि, जनसम्पर्क कार्यक्रम तथा स्थानीय तहका जनसरोकारका विषयमा समेत छलफल भएको थियो। सहभागीहरूले पार्टीलाई गाउँ–टोल स्तरसम्म विस्तार गर्दै जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने धारणा राखेका थिए।
रास्वपा जानकी गाउँपालिकाका पदाधिकारी, वडा प्रतिनिधि तथा सक्रिय सदस्यहरूको सहभागिता रहेको बैठकले संगठनलाई गतिशील, पारदर्शी र जनमुखी बनाउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु