Business, Entrepreneurs

‘विकास प्रतिकाे तिब्र आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध छ’:मुख्यमन्त्री आचार्य

अर्घाखाँची २७ चैत । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पाणिनि तपोभूमि सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै विकास प्रतिकाे तिब्र आकांक्षा पूरा गर्न सरकार प्रतिबद्ध भएको बताउनु भएको छ । मुख्यमन्त्री आचार्यले पाणिनि सम्मेलनले प्राचीन ज्ञानको संरक्षण र लुम्बिनी प्रदेशको पर्यटन विकासलाई नयाँ उचाइमा पुर्‍याएकाे बताउनु भएको हाे । तपोभूमिको गौरवलाई विश्वसामु उजागर गर्नु यस सम्मेलनको प्रमुख उद्देश्य भएको स्पष्ट पार्नुभयो । उहाँले सम्मेलनलाई केवल औपचारिक सभा नभई, प्राचीन ज्ञान, संस्कृति र इतिहासलाई नयाँ पुस्तासँग जोड्ने अवसरका रूपमा उल्लेख गर्नुभयो ।

‘पाणिनिको तपोभूमिलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न उत्खनन्, संरक्षण र अन्तर्राष्ट्रिय प्रचारमा प्रदेश सरकारले विशेष जोड दिएको छ,’ मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘यी प्रयासहरूले रोजगारी सिर्जना, आर्थिक समृद्धि र सांस्कृतिक जागरणको आधार तयार गर्नेछन् ।’

राजनीति

वार्ता र संवादबाट समस्याकाे समाधान निकाल्न मुख्यमन्त्री आचार्यको आग्रह

दाङ १२ कार्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रंकलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द