३१औं जिल्ला सभा सम्पन्न
 
			बाँके ३० चैत । नेपाल नेत्र ज्योति संघ बांके शाखा फत्तेबाल आँखा अस्पतालको ३१औं जिल्ला सभा शनिबार सम्पन्न भएको छ ।
संस्थाका सभापति रतन कुमार टण्डनकाे सभापतित्वमा भएको सो सभामा प्रमुख अतिथी सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाइटीका सभापति गोवर्धन सिंह सम्झना, जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर याम बहादुर मल्ल, नेपालगञ्ज मेडिकल कलेजका म्यानेजिङ डाइरेक्टर श्यामकुमार शर्मा, ब्रिनोज कान स्याहार केन्द्रका अध्यक्ष राहुल टण्डन, लगायत विभिन्न संघ संस्था तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरु, पत्रकारहरु र सभासदहरूको उपस्थिति रहेको थियो ।
सभामा उपसभापति केशव राम बर्माले स्वागत मन्तव्य दिनु भएको थियो भने बार्षिक प्रगति प्रतिवेदन सचिव शान्ति श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो ।
अस्पतालले आर्थिक वर्ष २०८०/८१ मा १,३३,३३८ जना सेवाग्राहीहरुको बहिरङ्ग विभागमा सेवा प्रदान गरेको र ८६१२ जना सेवाग्राहीहरुको शल्यक्रिया गरी सेवा प्रदान गरेको साथै स्थापनाकाल देखि २०८१ फाल्गुन सम्ममा २८,८३,७६४ जनाको बहिरङ्ग विभागमा सेवा प्रदान गरेको जसमध्ये २,८९,२७२ जनाको शल्यक्रिया मार्फत सेवा प्रदान गरेको जानकारी सचिव शान्ति श्रेष्ठले गराउनु भएको थियो ।
सभामा अस्पतालको गतिविधिहरु बारे प्रस्तुति प्रबन्ध निर्देशक डा. कौशल कुमार वर्माले, आकुलोप्लास्टी सम्बन्धी प्रस्तुति चिफ मेडिकल डाइरेक्टर डा. देव राज भारतीले, रेटिना सम्बन्धी प्रस्तुति रेटिना सर्जन डाक्टर सुवास केसीले, कर्निया सम्बन्धी प्रस्तुति डक्टर प्रवीण राईले पावरपोइन्ट मार्फत गर्नुभएको थियो।
सभाले वार्षिक प्रगति प्रतिवेदन , आर्थिक प्रतिवेदन र बजेट सर्वसम्मतिबाट पारित गर्नुका साथै लेखापरीक्षकको नियुक्ति गर्ने निर्णय गरेको थियो ।
आफ्नो मन्तब्य सहित धन्यवाद ज्ञापन गर्द सभापति रतन कुमार टण्डनले सभाको समापन गर्नु भएको थियो ।


 
				 
  
                 
                 
                 
                