राजनीति

वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन सम्बन्धि तालिम सम्पन्न

नरैनापुर २२ मङ्सिर । वन सम्वर्द्धन प्रणालीमा आधारित दिगो वन व्यवस्थापन सम्बन्धि तालिम संयोजक नरैनापुर सब डिभिजन वन कार्यालय बाँके र डिभिजन वन कार्यालय बाँकेकाे आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियाे । उक्त कार्यक्रमको उद्घाटन नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहले गर्नुभएको थियो। कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत श्रीशंकर प्रसाद गुप्ताले वन सम्बर्धन प्रणालीमा आधारित वन व्यवस्थापनको बारेमा सहभागीलाई जानकारी गराउँदै यसबाट वनको दिगो व्यवस्थापन भई वनको हैसियतमा सुधार आउने वन पैदावारको आपूर्ति निरन्तर र सहज रूपमा हुने र स्थानीय स्तरमा रोजगारीको सिर्जना हुनुको साथै समूहको आम्दानीमा समेत वृद्धि हुने बताउनुभयो। यसपटक नरैनापुर गाउँपालिका वन कार्य योजना स्वीकृति भएको समूहमा वनसवर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यबाट वन डिभिजन कार्यालय बाँकेले गर्ने कुरा कार्यालय प्रमुख गुप्ताले बताउनुभयो वन अतिक्रमण नियन्त्रण तथा चोरी निकासी नियन्त्रण जस्ता कार्यक्रम समूहहरू सक्रियतापूर्वक लाग्नु पर्ने कुरा पनि कार्यालय प्रमुखले बताउनुभयो उक्त कार्यक्रम सशस्त्र प्रहरी बलका नायक वृक्षक विक्रम मणि अधिकारीले वन पैदावार चोरी निकासी सितलाहार सम्बन्धी बच्ने उपाय जस्ताको बारेमा बताउनुभयो। उक्त कार्यक्रममा स्थानीय तहका पदाधिकारी गरी कार्यक्रममा ७२ जनाकाे सहभागीता रहेको थियोे भने कार्यक्रम कार्यालयका प्रमुख पुष्कर विश्वकर्माले सञ्चालन गर्नुभएको थियो।

राजनीति