जानकीद्वारा कम्प्युटर र प्रीन्टर हस्तान्तरण
बाँके २४ मङ्सिर । जानकी गाउँपालिका बाँके र जानकी गाउँपालिका वडा नं. – ३ इन्द्रपुरको आर्थिक सहयोगमा जेन-जी आन्दोलनका क्रममा गरिएको तोडफोड आगजनी र लुटपाटका कारण सेवा प्रवाहमा असहज भएकाले कम्प्युटर र प्रीन्टर प्रदान गरेको छ ।
बुधबार आयोजित कार्यक्रममा जानकी गाउँपालिका बाँकेले जिल्ला अदालत बाँके, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालयका साथै जानकी गाउँपालिका वडा नं. – ३ इन्द्रपुरले ईलाका प्रहरी कार्यालय खजुराखुर्द लाई कम्प्युटर र प्रीन्टर प्रदान गरिएको छ ।
जानकी गाउँपालिकाल अध्यक्ष छब्बन खान, प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायलगायतले संयुक्तरुपमा जिल्ला अदालत, भुमी सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय सहित ईलाका प्रहरी कार्यालयका प्रतिनिधिहरुलाई कार्यालयमा बोलाएर १/१ थान कम्प्युटर र १/१ थान प्रिन्टर हस्तान्तरण गरिएको हो ।
जेनजी आन्दोलनको क्रममा भदौ २४ गते अदालतमा तोडफोड, लुटपाट र आगजनी भएपछि कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामग्री अभावमा दैनिक कामकाज संचालन गर्न समस्याका कारण पालिकाले सामग्री हस्तान्तरण गरिएको प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बताएका छन् ।
डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीलाई छिटो र सहज ढङ्गले न्यायिक सेवा प्रवाह गर्नमा सहयोग पुग्ने भएकाले सामग्री हस्तान्तरण गरिएको थियोे ।
पालिकाले सामाजिक उत्तरदायित्व बहन गर्दै सार्वजनिक हितका लागि कम्प्युटर र प्रिन्टर सहयोग प्रदान गरिएकाले प्रतिनिधिहरुले धन्यवाद समेत व्यक्त गरेका थिए ।
सूचना तथा संचार प्रविधि अधिकृत विकास जि.सी.ले सहजीकरण गरेको कार्यक्रममा जनप्रतिनिधि, विभिन्न शाखाका प्रमुख, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।


