दशैंमा परिवार र आफन्तसँग रमाउन चौतारी दोहोरी साँझको विशेष अफर

नेपालगञ्ज, २७ बाँके। नेपालीहरूको महान् पर्व बडादशैंको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ मा रहेको चौतारी दोहोरी साँझ एण्ड भान्सा घरले ग्राहक तथा पाहुनालाई लक्षित गर्दै दशैं विशेष अफर सार्वजनिक गरेको छ।
दशैंको खुसी परिवार, साथीभाइ र आफन्तसँग साटासाट गर्दै रमाइलो वातावरणमा पर्व मनाउन चाहनेहरूलाई लक्षित गरी चौतारी दोहोरी साँझ एण्ड भान्सा घरले सबैलाई स्वागत गरेको छ। दशैंको अवसरमा पारिवारिक भेटघाट, साथीभाइसँगको जमघट र आफन्तसँगको आत्मीयतालाई अझ विशेष बनाउन यो उपयुक्त गन्तव्य बन्न सक्ने सञ्चालकको अपेक्षा छ।
नेपाली मौलिक कला, संस्कृति, लोकगीत तथा दोहोरीको मनोरञ्जनसँगै स्वादिष्ट परिकारको आनन्द लिन चाहने ग्राहकका लागि चौतारी दोहोरी साँझ एण्ड भान्सा घरले आत्मीय वातावरणमा सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। चाडपर्वको समयमा परिवार तथा आफन्तसँग बसेर रमाइलो गर्ने परम्परालाई थप प्रोत्साहन गर्न संस्थाले दशैं विशेष अफरमार्फत पाहुनालाई आकर्षित गर्न खोजेको छ।
चौतारी दोहोरी साँझ एण्ड भान्सा घरका सञ्चालक अरूण चन्द ठकुरीले बडादशैंको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, ग्राहक, शुभचिन्तक र आफन्तजनमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
दशैंको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूलाई आफ्नो परिवार, साथीभाइ र आफन्तसँग खुसी साट्दै रमाइलोका साथ पर्व मनाउन आग्रह गरिएको छ। साथै, नेपालगञ्ज–१८, बाँकेस्थित चौतारी दोहोरी साँझ एण्ड भान्सा घरमा आएर आत्मीय वातावरणमा दशैंको रमाइलो अनुभव गर्न सबैलाई निमन्त्रणा गरिएको छ।
“परिवार, साथीभाइ र आफन्तसँग दशैंको रमाइलो रमाउन आउनुहोस्” भन्ने सन्देशका साथ चौतारी दोहोरी साँझ एण्ड भान्सा घरले सबैमा बडादशैंको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img