spot_img
spot_img

चार महिनादेखि बेपत्ता १६ वर्षीया किशोरीको खोजीमा परिवारको गुहार, प्रहरीको बेवास्ता भएको आरोप

नेपालगञ्ज, साउन १३ — एसईई परीक्षा दिन घरबाट निस्किएकी १६ वर्षीया किशोरी चार महिनादेखि सम्पर्कविहीन रहेको भन्दै उनका अभिभावकले तत्काल खोजी तथा न्यायको माग गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका–१८ निवासी हुस्ना अन्सारी चैत २३ गते बिहान करिब ७:३० बजे एसईई परीक्षा दिन घरबाट निस्किएकी थिइन्। त्यसयता उनी परिवारको सम्पर्कमा नआएको र हालसम्म उनको अवस्था तथा स्थानबारे कुनै जानकारी प्राप्त नभएको परिवारले जनाएको छ।

किशोरीका अभिभावकले जिल्ला प्रहरी कार्यालय बाँकेमा दिएको जाहेरीमा नेपालगञ्ज–१८ निवासी बरकत बेहना उर्फ छोटक्का, छेदन बेहना, रमजानीन बेहना र रिजवान बेहनामाथि किशोरीलाई अपहरण गरी शरीर बन्धक बनाएको आरोप लगाएका छन्। परिवारका अनुसार विभिन्न प्रलोभन तथा दबाब प्रयोग गरेर किशोरीलाई आफ्नो नियन्त्रणमा लिएको आशंका गरिएको छ।

बुधबार नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा किशोरीका आमाबुवा समिम अन्सारी र सरिफुन अन्सारीले घटना भएको चार महिना बितिसक्दा पनि प्रभावकारी अनुसन्धान नभएको गुनासो गरे। उनीहरूले पटक–पटक प्रहरी कार्यालयमा धाउँदा समेत आफ्नो उजुरीमाथि अपेक्षित सुनुवाइ नभएको दाबी गरेका छन्।

पीडित परिवारले गृह मन्त्रालयमा समेत हुलाकमार्फत निवेदन पठाइसकेको जानकारी दिँदै घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कानुनी कारबाही तथा किशोरीको सकुशल उद्धार गरी परिवारको जिम्मा लगाउन माग गरेका छन्।

“चार महिना बितिसक्दा पनि छोरीको अवस्था थाहा पाउन सकेका छैनौं। सम्बन्धित निकायले गम्भीरतापूर्वक अनुसन्धान गरी न्याय दिलाइदिनुपर्छ,” पत्रकार सम्मेलनमा पीडित परिवारले आग्रह गरेको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु