spot_img
spot_img

दैलेखी समाज बाँकेको नयाँ नेतृत्व चयन, पूर्णदेव गिरी अध्यक्षमा निर्विरोध निर्वाचित

नेपालगञ्ज, साउन १७ । दैलेखी समाज बाँकेको २१औँ स्थापना दिवस, १८औँ साधारणसभा तथा ८औँ अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नेपालगञ्जस्थित म्याजेस्टिक पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले पूर्णदेव गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
समितिको वरिष्ठ उपाध्यक्षमा सुरेश थापा, उपाध्यक्षमा पूर्णकुमारी थापा, सचिवमा गणेशबहादुर खड्का, सह–सचिवमा हिरामणी दाहाल तथा कोषाध्यक्षमा शिवप्रसाद पाण्डेय निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा इन्द्रबहादुर कार्की, धर्मराज सुनार, विष्णुप्रसाद उपाध्याय, दीपक थापा, आशा लम्साल, पुष्कर सिजापती, शंकर खनाल, विना थापा मगर, प्रेमप्रकाश वि.सी. तथा देवबहादुर खड्का चयन भएका छन्।
नवनिर्वाचित कार्यसमितिले दैलेखी समुदायबीच आपसी एकता, सहयोग र सामाजिक सद्भावलाई थप सुदृढ बनाउँदै समाजका गतिविधिलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
दैलेखी समाज बाँकेका निवर्तमान वरिष्ठ उपाध्यक्ष डिलबहादुर थापाले अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको जानकारी दिनुभयो। उहाँका अनुसार समाजको स्थापना दिवस, साधारणसभा तथा अधिवेशन सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु