spot_img
spot_img

बाँकेमा सेफगार्डिङ्ग अनिवार्य अभिमुखीकरण सुरु

नेपालगञ्ज, साउन १९ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा बाँकेमा सेफगार्डिङ्ग अनिवार्य अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। यौन शोषण, दुव्र्यवहार तथा उत्पीडनप्रति शून्य सहनशीलताको नीति कार्यान्वयन गर्ने उद्देश्यसहित नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका स्वयंसेवक तथा कर्मचारीलाई दुई चरणमा सञ्चालन हुने एक/एक दिने अभिमुखीकरणमा सहभागी गराइएको हो।
नेपाल रेडक्रस सोसाइटीको लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेलका अनुसार यस्ता अभिमुखीकरण कार्यक्रम अन्य जिल्ला शाखाहरूमा पनि चरणबद्ध रूपमा सञ्चालन भइरहेका छन्।

अभिमुखीकरणमा यौन दुराचार, यौन शोषण, यौन दुव्र्यवहार तथा यौन उत्पीडनका विषयमा स्पष्ट जानकारी दिइनुका साथै यस्ता घटना भएमा उजुरी गर्ने निकाय, प्रेषण (रेफरल) प्रक्रिया, असल आचरण तथा व्यवहारका मापदण्डबारे प्रशिक्षण प्रदान गरिएको थियो।
कार्यक्रममा महिला, पुरुष तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरू समेत यौन दुराचारको जोखिममा पर्न सक्ने भएकाले सबैले सचेत रहनुका साथै समुदायमा समेत सचेतना फैलाउनुपर्नेमा जोड दिइएको थियो। यौन दुराचार गम्भीर अपराध भएकाले दोषीलाई कानुनअनुसार कारबाही हुने विषयमा पनि सहभागीलाई जानकारी गराइएको थियो।

सेफगार्डिङ्गको माध्यमबाट सुरक्षित कार्यस्थल, सुरक्षित समुदाय तथा सुरक्षित रेडक्रसकर्मीको अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्यसहित रेडक्रसभित्र अवस्थाको मूल्याङ्कन प्रक्रिया समेत सुरु गरिएको जनाइएको छ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय उपाध्यक्ष अजीतकुमार शर्मा, निवर्तमान महामन्त्री मीनबहादुर मल्ल लगायत जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका सहजकर्तामा लैङ्गिक तथा समावेशीकरण विभागका निर्देशक दिव्यराज पौडेल, सुवेक्षा मानन्धर, ईश्वरी पन्त तथा ब्रिटिस रेडक्रसकी प्रतिनिधि गीता पाण्डे रहेका थिए।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु