spot_img
spot_img

वडा प्रहरी कार्यालय नेपालगञ्जमा शुद्ध खानेपानीका लागि युरोगार्ड जडान

नेपालगञ्ज, साउन १९ । Brainway Multitrade Mkt Pvt. Ltd. र किसान इट्टा उद्योग नेपालगञ्जको संयुक्त सहयोगमा वडा प्रहरी कार्यालय नेपालगञ्ज, बाँकेको भान्सा घर (मेश) मा शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले युरोगार्ड (Euroguard) पानी शुद्धीकरण प्रणाली जडान गरिएको छ।
मंगलबार सम्पन्न उक्त सहयोग कार्यक्रमअन्तर्गत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई स्वच्छ तथा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्न युरोगार्ड जडान गरिएको हो।
सहयोगी संस्थाहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रहरी कार्यालयलाई आवश्यक सुविधा उपलब्ध गराउँदै स्वास्थ्य तथा सरसफाइमा योगदान पुर्‍याएको बताएका छन्। युरोगार्ड जडान भएसँगै कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूले शुद्ध र सुरक्षित खानेपानी उपभोग गर्न सहज हुने अपेक्षा गरिएको छ।
स्थानीय स्तरमा निजी क्षेत्र र उद्योग व्यवसायीहरूको यस्ता सामाजिक सहयोगले सार्वजनिक निकायहरूको सेवा प्रवाह तथा कार्य वातावरण सुधारमा सकारात्मक टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु