spot_img
spot_img

नेपालगञ्जका मस्जिदहरूमा बाढीपीडितका लागि सहयोग रकम संकलन

नेपालगञ्ज, भदौ १२ । रसुवा, नुवाकोट लगायतका जिल्लामा आएको बाढी तथा विपद्बाट प्रभावित नागरिकहरूको सुरक्षा, उद्धार र राहतका लागि शुक्रबार नेपालगञ्जका विभिन्न मस्जिदहरूमा जुमाको नमाजपछि विशेष दुआ (प्रार्थना) गरिनुका साथै सहयोग रकम संकलन गरिएको छ।
मुस्लिम अगुवा मेराज अहमद हिमालयका अनुसार बाढीपीडितहरूको शीघ्र उद्धार, राहत तथा सहज जीवनयापनको कामना गर्दै सामूहिक दुआ गरिएको हो। साथै संकलित सहयोग रकम प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाइने जानकारी उहाँले दिनुभयो।

सहयोग संकलन अभियानअन्तर्गत नेपाली मस्जिदबाट रु. ४७ हजार १३३, जामा मस्जिदबाट रु. ८२ हजार तथा मक्का मस्जिद (घरबारी टोल)बाट रु. २१ हजार संकलन भएको छ।
तीनवटै मस्जिदबाट जम्मा रु. १ लाख ५० हजार १३३ सहयोग रकम संकलन भएको जनाइएको छ। मुस्लिम समुदायले प्राकृतिक विपद्का बेला मानवीय सहयोग र ऐक्यबद्धता प्रकट गर्दै राहत अभियानमा सक्रिय सहभागिता जनाएको बताइएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु