spot_img
spot_img

गाईजात्रा (सा:पारु) २०८३ को अवसरमा नेपालगञ्जमा भव्य सांस्कृतिक र्‍याली सम्पन्न

नेपालगञ्ज, भदौ १३ । भाषा, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जमा गाईजात्रा (सा:पारु) २०८३ को अवसरमा भव्य सांस्कृतिक र्‍याली सम्पन्न भएको छ।
नेवा: पुचः बाँकेको आयोजनामा सम्पन्न र्‍यालीमा नेवार समुदायका महिला, पुरुष तथा युवायुवतीहरू परम्परागत नेवारी पोशाक, सांस्कृतिक झाँकी तथा बाजागाजासहित सहभागी भएका थिए। र्‍यालीले नेपालगञ्जको विभिन्न मुख्य सडकहरूको परिक्रमा गर्दै स्थानीय संस्कृति, कला र परम्पराको संरक्षणमा जनचेतना फैलाउने काम गरेको आयोजकले जनाएको छ।
“भाषा, संस्कृति र परम्पराको जगेर्ना गरौं” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गाईजात्रासँग सम्बन्धित झाँकी तथा परम्परागत नृत्यहरू समेत प्रदर्शन गरिएको थियो। कार्यक्रममा समुदायका अग्रज व्यक्तित्व, सामाजिक अगुवा तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
र्‍याली स्वस्तिक कटेज, सुर्खेत रोडबाट सुरु भई नगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै बागेश्वरी पार्कमा पुगेर समापन गरिएको आयोजक नेवा: पुचः बाँकेले जनाएको छ।
गाईजात्रा पर्व दिवंगत आफन्तहरूको सम्झनामा मनाइने परम्परागत पर्वका रूपमा परिचित छ। यस अवसरमा समाजमा व्याप्त विकृति–विसंगतिमाथि व्यंग्यात्मक प्रस्तुति दिने तथा सांस्कृतिक एकता र सामाजिक सद्भाव सुदृढ गर्ने परम्परा रहँदै आएको छ।
आयोजकले यस्ता कार्यक्रमले भाषा, संस्कृति र पहिचानको संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सांस्कृतिक गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु