spot_img
spot_img

लोककल्याणकारी विज्ञापन कटौतीको निर्णय फिर्ता लिन पत्रकार महासंघको माग

काठमाडौं १३ भदाै । नेपाल पत्रकार महासंघले सरकारले लोककल्याणकारी विज्ञापन वापत सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको रकममा कटौती गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ।
महासंघले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट मुलुक प्रभावित भएको तथा सञ्चारमाध्यमहरू आर्थिक संकटबाट गुज्रिरहेको अवस्थामा सरकारले लोककल्याणकारी विज्ञापनको रकम आधा कटौती गर्नु दुर्भाग्यपूर्ण भएको जनाएको छ।
महासंघका अनुसार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाद्वारा स्वीकृत ‘विज्ञापन प्रकाशनसम्बन्धी (पहिलो संशोधन) कार्यविधि, २०८३’ मार्फत मोफसलबाट प्रकाशित पत्रपत्रिकाले प्राप्त गर्दै आएको लोककल्याणकारी विज्ञापन रकममा ५० प्रतिशत कटौती गरिएको छ।
विज्ञप्तिमा सरकारले वार्षिक बजेटमार्फत लोककल्याणकारी विज्ञापनको दायरा विस्तार गर्ने प्रतिबद्धता जनाए पनि कार्यविधिमार्फत रकम घटाएर सञ्चारमाध्यमप्रति प्रतिकूल व्यवहार देखाएको आरोप लगाइएको छ। महासंघले स्थानीय, प्रदेश र राष्ट्रिय सञ्चारमाध्यमहरूलाई थप आर्थिक संकटमा धकेल्ने निर्णय भएको उल्लेख गर्दै त्यसको भर्त्सना गरेको छ।
महासंघले सरोकारवाला पक्षसँग कुनै छलफल नगरी गरिएको निर्णयले सञ्चार क्षेत्रको भविष्य नै प्रभावित हुने चेतावनी दिएको छ। साथै, लोककल्याणकारी विज्ञापनको रकम पूर्ववत् कायम गर्न र अनलाइन सञ्चारमाध्यमलाई समेत समान रूपमा विज्ञापन उपलब्ध गराउने व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
महासंघले आफ्ना माग तत्काल सम्बोधन नभए देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।
महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारलाई सञ्चार क्षेत्रमैत्री नीति अवलम्बन गर्न आग्रह गरिएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु