नेपालगञ्जमा ‘नेपालगञ्ज क्याफे’ सञ्चालनमा आउँदै

नेपालगञ्ज, असोज १३ । नेपालगञ्जमा नयाँ कफी तथा आतिथ्य सेवासहितको ‘नेपालगुञ्ज क्याफे’ सञ्चालनमा आउने भएको छ। ग्राहकलाई गुणस्तरीय कफी, आरामदायी वातावरण तथा उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्यसहित क्याफेले आफ्नो औपचारिक शुभारम्भ गर्न लागेको जनाएको छ।
गणेशपुर–४, मदिना मस्जिद नजिक अवस्थित क्याफेको उद्घाटन असोज १५ गते बिहान ११ बजेदेखि हुने कार्यक्रम तय गरिएको छ। उद्घाटन समारोहमा स्थानीयवासी, व्यवसायी, युवा तथा कफी पारखीहरूलाई सहभागी हुन आग्रह गरिएको छ।
क्याफेले उद्घाटनको अवसरमा आउने ग्राहकका लागि विशेष छुट योजनासमेत ल्याएको छ। उद्घाटनकै दिन सम्पूर्ण सेवामा १० प्रतिशत छुट प्रदान गरिने व्यवस्थापनले जनाएको छ।
“Good Coffee, Better Mood” नारासहित सञ्चालनमा आउन लागेको क्याफेले स्वादिष्ट कफी, न्यानो आतिथ्य तथा पारिवारिक वातावरणमार्फत ग्राहकलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरेको छ।
नेपालगञ्जमा बढ्दो क्याफे संस्कृतिसँगै ‘नेपालगुञ्ज क्याफे’ को सञ्चालनले स्थानीय युवा, व्यवसायी तथा कफी पारखीहरूलाई नयाँ गन्तव्य थप्ने अपेक्षा गरिएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img