नेपालगञ्जमा ब्राउन सुगरसहित ६ जना पक्राउ

नेपालगञ्ज १३ असाेज । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्ज उपमहानगरपालिका–१९ कण्ठीपुर स्थित क्षेत्रमा सञ्चालन गरिएको विशेष प्रहरी कारबाहीका क्रममा ३.४५० ग्राम लागुऔषध (ब्राउन सुगर) सहित ६ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले शंकास्पद व्यक्तिहरूमाथि खानतलासी गर्दा ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४५० मिलिग्राम फेला पारेको हो। उक्त घटनामा संलग्न रहेको आशंकामा बाँके, बर्दिया र कैलालीका ६ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–११ का ४४ वर्षीय धनश्याम बुढामगर, ३५ वर्षीय किरण ओली, ३२ वर्षीय चक्र विक, २० वर्षीय बक्रिम रोकामगर, बर्दिया गुलरिया नगरपालिका–१ का ४८ वर्षीय राजेन्द्र कुमाल तथा कैलाली चुरे गाउँपालिका–३ का २४ वर्षीय महेश मल्ल रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल फोन र नगद रु. ७,२३० समेत बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ परेकामाथि लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। प्रहरीले लागुऔषध नियन्त्रण तथा कारोबार रोकथामका लागि विशेष निगरानी र कारबाहीलाई निरन्तरता दिने जनाएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img