नेपाल पत्रकार महासंघ बाँकेद्वारा सदस्यता नवीकरण विवरण सार्वजनिक गर्ने निर्णय

नेपालगन्ज, असोज १४ गते ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेको कार्यसमिति बैठकले सदस्यता नवीकरण गरेका सदस्यहरूको विवरण सार्वजनिक गर्ने तथा आगामी चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
बुधबार शाखा अध्यक्ष नवीन गिरीको अध्यक्षतामा शाखा कार्यालयमा बसेको कार्यसमिति बैठकले तोकिएको मितिभित्र सदस्यता नवीकरण गरेका साधारण सदस्यहरूको विवरण महासंघको फेसबुक पेज र वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो।
बैठकले सदस्यता नवीकरणसम्बन्धी विवरण प्रदेश समितिमा पठाउने तथा सदस्यता शुल्कको विवरण नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र केन्द्रीय समितिको खातामा दाखिला गर्ने निर्णयसमेत गरेको जनाएको छ।
त्यसैगरी, नेपालीहरूको महान् पर्व विजया दशमी, दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा आगामी असोज २८ गते शाखा सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। उक्त कार्यक्रममा शाखाका पूर्व पदाधिकारी, कार्यसमिति सदस्य तथा सदस्यहरूको सहभागिता रहने महासंघले जनाएको छ।
महासंघका सचिव कृष्ण ओलीद्वारा जारी प्रेस विज्ञप्तिमा पत्रकारहरूबीच आपसी सम्बन्ध सुदृढ गर्दै संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले यी निर्णयहरू गरिएको उल्लेख गरिएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img