नेपालगञ्जमा ‘नेपालगञ्ज क्याफे’ सञ्चालनमा, ३० लाख लगानीमा आधुनिक कफी हाउस स्थापना

नेपालगञ्ज, असोज १५ गते ।
नेपालगञ्ज उपमहानगरपालिका–४ गणेशपुरस्थित मदिना मस्जिद नजिकै स्थापना गरिएको नेपालगञ्ज क्याफे औपचारिक रूपमा सञ्चालनमा आएको छ। करिब ३० लाख रुपैयाँको लगानीमा निर्माण गरिएको क्याफेको उद्घाटन एक विशेष समारोहका बीच सम्पन्न भएको हो।
क्याफेको उद्घाटन समारोहमा सम्साद हुसेन शेष र सहिल अन्सारीले संयुक्त रूपमा रिबन काटी उद्घाटन गरेका थिए। त्यसपछि सञ्चालक परिवारले समेत सहभागिता जनाउँदै क्याफेलाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको घोषणा गरेका हुन्।
सञ्चालकका अनुसार नेपालगञ्जमा रहेका अन्य क्याफेभन्दा फरक स्वाद, गुणस्तरीय सेवा तथा पारिवारिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ क्याफे सञ्चालनमा ल्याइएको हो। कफीका विभिन्न परिकारसँगै स्वादिष्ट खानाका परिकार उपलब्ध गराइने क्याफेले ग्राहकलाई नयाँ अनुभव दिने विश्वास लिइएको छ।
उद्घाटनको अवसरमा आगन्तुकहरूका लागि विशेष छुटको व्यवस्था गरिएको थियो। स्थानीय व्यवसायी, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थितिमा सम्पन्न कार्यक्रममा क्याफेले नेपालगञ्जको आतिथ्य तथा खाद्य व्यवसाय क्षेत्रमा नयाँ आयाम थप्ने अपेक्षा व्यक्त गरिएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img