ब्राउन सुगरसहित युवक पक्राउ, मोटरसाइकल र मोबाइलसमेत बरामद

नेपालगञ्ज, असोज १८ गते।
बाँके प्रहरीले नेपालगञ्जबाट ठूलो परिमाणमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गर्दै मोटरसाइकल र मोबाइल फोनसमेत बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस विज्ञप्तिअनुसार नेपालगञ्ज उपमहानगरपालिका–१० स्थित विद्युत रोड क्षेत्रमा लागुऔषध ओसारपसार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १६ बस्ने ३१ वर्षीय हसन फिरोज जसगढ लाई नियन्त्रणमा लिएको हो।
प्रहरीले भे ११ प ६८३५ नम्बरको मोटरसाइकल रोकी खानतलासी गर्दा मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवस्थामा ८१ ग्राम २० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला पारेको जनाएको छ। उक्त पदार्थसहित प्रयोगमा रहेको मोटरसाइकल र विभिन्न कम्पनीका तीन थान मोबाइल फोनसमेत प्रहरीले बरामद गरेको छ।
प्रहरीका अनुसार बरामद गरिएको लागुऔषध, मोटरसाइकल तथा मोबाइल फोन नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। पक्राउ परेका जसगढविरुद्ध बाँके जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी कसुरमा १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img