नेपालगन्ज,२७ बाँके। नेपालीहरूको महान् चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ सालको पावन अवसरमा सलाम मिडिया प्रा.लि. परिवारले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ।
सलाम मिडियाका अध्यक्ष तथा प्रकाशक सलामत अली शेषले नेपालीहरूको मौलिक कला, संस्कृति, परम्परा र धार्मिक आस्थासँग जोडिएका यी पर्वहरूले आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुता अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।
दशैंले सत्यको विजय, पारिवारिक मिलन र आपसी प्रेमको सन्देश दिने, तिहारले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र उज्यालो जीवनको कामना गर्ने तथा छठ पर्वले आस्था, श्रद्धा र प्रकृतिप्रतिको सम्मानलाई उजागर गर्ने विश्वास गरिएको छ।
यी पर्वहरूले समाजमा विद्यमान विविधताबीच एकता कायम गर्दै धार्मिक तथा सांस्कृतिक सहअस्तित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै, पर्वका अवसरमा सबैले दुःखी, असहाय तथा विपन्न वर्गलाई सहयोग गर्दै खुसी र सद्भाव साटासाट गर्नुपर्ने सन्देशसमेत दिइएको छ।
सलाम मिडिया प्रा.लि.द्वारा सञ्चालित नयाँ प्रदेश डटकम, प्रभात घोषणा तथा राष्ट्रिय दैनिक परिवारले नेपाली भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा सञ्चार क्षेत्रबाट योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
अन्त्यमा, विजयादशमी, शुभ दीपावली तथा छठ पर्व २०८३ ले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामनासहित सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ।




