नेपालगन्जस्थित आइशा मदरसामा शिक्षा महाशाखाको अनुगमन

नेपालगन्ज,२८ बाँके। नेपालगन्जस्थित आइशा मदरसातुल बनात बालिका माध्यमिक विद्यालयमा बुधबार शिक्षा, युवा तथा खेलकुद महाशाखाले अनुगमन गरेको छ।
मदरसाको शैक्षिक गुणस्तर अभिवृद्धि, प्रशासनिक अवस्था मूल्याङ्कन तथा विद्यालय व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले अनुगमन गरिएको हो।
अनुगमनका क्रममा मदरसामा सञ्चालन भइरहेका शैक्षिक तथा प्रशासनिक गतिविधिबारे जानकारी लिइएको थियो। साथै, शिक्षण सिकाइ क्रियाकलापलाई थप प्रभावकारी बनाउने, विद्यालयको व्यवस्थापन सुधार गर्ने तथा गुणस्तरीय शिक्षा प्रवाहका लागि आवश्यक सुझाव र पृष्ठपोषण प्रदान गरिएको थियो।
शैक्षिक संस्थाको नियमित अनुगमन, सुझाव तथा मार्गदर्शनले शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउनुका साथै विद्यालयको समग्र व्यवस्थापनमा सुधार ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
अनुगमनले मदरसाको शैक्षिक तथा प्रशासनिक अवस्था पहिचान गरी सुधार गर्नुपर्ने क्षेत्रलाई सम्बोधन गर्न सहयोग पुग्ने विश्वास लिइएको छ। यस्ता अनुगमनले शैक्षिक संस्थालाई थप व्यवस्थित बनाउँदै गुणस्तरीय शिक्षाको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
अनुगमनमा नेपालगन्ज उपमहानगरपालिकाको शिक्षा, युवा तथा खेलकुद महाशाखाका वरिष्ठ शिक्षा अधिकृत शीला गौतम र दिल्ली आचार्यलगायतको सहभागिता रहेको मदरसाका प्रधानाध्यापक कस्फुद्दुजा खानले जानकारी दिए।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img