७१औँ प्रहरी दिवसमा बाँकेका प्रहरी कर्मचारी पुरस्कृत, योगदानकर्तालाई सम्मान

नेपालगञ्ज ३० असाेज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा जिल्ला प्रहरी कार्यालय बाँकेमा आयोजित कार्यक्रममा प्रहरी संगठनमा योगदान पुर्‍याउने व्यक्तित्व तथा कर्तव्यपालनका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।
‘विपद्मा साथी, संकटमा छहारी : प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नारासहित शुक्रबार आयोजित कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा प्रहरी अधिकारी, पूर्वप्रहरी, अमर प्रहरी परिवार, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा प्रहरी कार्यालयलाई महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वलाई कदरपत्र प्रदान गरिएको थियो। प्रहरी चौकी खडैचा, बाँकेलाई जग्गा दान गर्ने स्वर्गीय लक्ष्मण अहिरको योगदानको कदर गर्दै उहाँका छोरा तथा लुम्बिनी प्रदेशका पूर्वकृषिमन्त्री विजयबहादुर यादवलाई तालुक कार्यालयबाट प्राप्त कदरपत्र प्रदान गर्न अनुरोध गरिएको थियो।
त्यसैगरी, प्रहरी कार्यालयलाई जग्गा दान गर्ने व्यक्तित्व तथा प्रहरी संगठनमा योगदान पुर्‍याएका व्यक्तिहरूको सम्मान गरिएको थियो। पूर्वप्रहरी कर्मचारीलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत पूर्वप्रहरी कर्मचारी दोसल्ला ओढाई सम्मान गरिएको थियो।
कार्यक्रममा ८७ वर्षका पूर्वप्रहरी नायब निरीक्षक गोपाल शाहीलाई सम्मान ग्रहणका लागि आमन्त्रण गरिएको थियो। साथै, कर्तव्यपालनका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई पुरस्कार प्रदान गरिएको थियो।
पुरस्कारका लागि प्रहरी निरीक्षक सुरेश कोइराला, प्रहरी वरिष्ठ नायब निरीक्षक ओमबहादुर खड्का, प्रहरी वरिष्ठ नायब निरीक्षक प्रदीप खनाल, प्रहरी वरिष्ठ हवल्दार मिनबहादुर घर्तीमगर, प्रहरी हवल्दार उद्धवराज गुरुङ, प्रहरी सहायक हवल्दार कलिराम थारू र प्रहरी जवान जिवराज शाहीलाई सम्मान तथा पुरस्कारका लागि अगाडि बोलाइएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई मायाको चिनो तथा सम्मानका लागि सादर अनुरोध गरिएको थियो।
कार्यक्रममा प्रहरी संगठनसँग सम्बन्धित विभिन्न संघसंस्थाका प्रतिनिधि, पूर्वप्रहरी अधिकारी, अमर प्रहरी परिवार, जिल्ला अनुसन्धान कार्यालयका अधिकारी, नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष नवीन गिरी तथा प्रहरी कार्यालय र मातहतका कार्यालयका प्रहरी निरीक्षकहरूको उपस्थिति रहेको थियो।
प्रहरी दिवसले कर्तव्यनिष्ठ प्रहरी कर्मचारीको योगदानको कदर गर्नुका साथै पूर्वप्रहरी, अमर प्रहरी परिवार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास लिइएको छ। दिवसले विपद् व्यवस्थापन, शान्ति सुरक्षा कायम गर्ने कार्य तथा नागरिकको सेवामा प्रहरी संगठनलाई थप जिम्मेवार र प्रविधिमैत्री बनाउने सन्देशसमेत दिएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img

Latest Articles

spot_img
spot_img