नेपालगञ्ज, ३० असाेज। हालै सरुवा भई भूमि प्रशासन कार्यालय नेपालगञ्ज, बाँकेमा आएका प्रमुख अधिकृत लक्ष्मीप्रसाद बाँस्कोटासँग नेपाल लेखापढी व्यवसायी नेपालगञ्ज समितिले परिचय कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा समितिका पदाधिकारी तथा सदस्यहरूले प्रमुख अधिकृत बाँस्कोटासँग परिचय गर्दै कार्यालयको सेवा प्रवाह, लेखापढी व्यवसायीहरूले भोग्दै आएका समस्या तथा सेवाग्राहीलाई सहज रूपमा सेवा उपलब्ध गराउने विषयमा छलफल गरेको जनाइएको छ।
भूमि प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा छिटो, सहज र प्रभावकारी बनाउन कार्यालय र लेखापढी व्यवसायीबीच आपसी समन्वय तथा सहकार्य आवश्यक रहेको विषयमा समेत जोड दिइएको छ।
समितिले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालयसँग समन्वय र सहकार्य गर्दै अघि बढ्ने अपेक्षा व्यक्त गरेको छ।
कार्यक्रमले भूमि प्रशासन कार्यालय र लेखापढी व्यवसायीबीच आपसी परिचय, सम्बन्ध विस्तार तथा सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।




