spot_img
spot_img

भारत सरकारको सहयोगमा जनकल्याण माविको १६ कोठे भवन शिलान्यास

खजुरा, बाँके, साउन १५ । खजुरा गाउँपालिका र भारत सरकारको साझेदारीमा निर्माण हुन लागेको श्री जनकल्याण माध्यमिक विद्यालय, बद्रीपुर को १६ कोठे नयाँ भवनको शिलान्यास सम्पन्न भएको छ।
शुक्रबार आयोजित एक भव्य समारोहबीच खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विक तथा नेपालस्थित भारतीय राजदूतावासकी काउन्सलर गीताञ्जली ब्रेन्डन ले संयुक्त रूपमा भवनको शिलान्यास गर्नुभएको हो।
विद्यालयको शैक्षिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले निर्माण हुन लागेको उक्त भवनले विद्यार्थीहरूलाई गुणस्तरीय र सहज शिक्षण–सिकाइ वातावरण उपलब्ध गराउने अपेक्षा गरिएको छ। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष विकले शिक्षा क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहयोग महत्वपूर्ण रहेको बताउँदै भवन निर्माणपछि विद्यालयको शैक्षिक गुणस्तर थप उकासिने विश्वास व्यक्त गर्नुभयो। काउन्सलर ब्रेन्डनले नेपाल–भारतबीचको मित्रवत् सम्बन्धलाई शिक्षा तथा विकासका क्षेत्रमा निरन्तर सहयोगमार्फत अझ मजबुत बनाइने बताउनुभयो।
निर्माण सम्पन्न भएपछि विद्यालयमा अध्ययनरत विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने जनाइएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु