spot_img
spot_img

शान्ति र एकताका लागि नेपालगञ्जमा बृहत् सद्भाव र्‍याली

नेपालगञ्ज, साउन १६ । बाँकेको नेपालगञ्जमा शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले शनिबार बिहान बृहत् सद्भाव र्‍याली निकालिएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा शुक्रबार आयोजित सर्वदलीय तथा सर्वपक्षीय बैठकको निर्णयअनुसार आयोजना गरिएको र्‍याली स्थानीय बीपी चोकबाट सुरु भएको थियो। र्‍यालीले नगरका विभिन्न मुख्य सडकहरूको परिक्रमा गर्दै शान्ति, सहिष्णुता र आपसी सद्भाव कायम राख्न आह्वान गरेको थियो।

र्‍यालीमा विभिन्न धर्मका धार्मिक अगुवाहरू, संघीय तथा प्रदेश सांसदहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, नागरिक समाजका अगुवाहरू, उद्योगी–व्यवसायी, सामाजिक संघसंस्थाका प्रतिनिधिहरू, राजनीतिक दलका नेता–कार्यकर्तालगायतको उल्लेखनीय सहभागिता रहेको थियो।

सहभागीहरूले समाजमा आपसी भाइचारा, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माणमा सबै पक्षको साझा भूमिका आवश्यक रहेको बताएका थिए।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु