spot_img
spot_img

श्री जनता नमुना विद्यालयमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न

खजुरा, बाँके, साउन १६ । “आफ्नो विद्यालय वरपरको वातावरण स्वच्छ र सफा राख्ने दायित्व हामी सबैको हो” भन्ने भावनाका साथ श्री जनता नमुना विद्यालय सन्तकुटी, खजुरा–३ मा शनिबार वृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको संयुक्त सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालय परिसरमा रहेका अनावश्यक झार–जंगल तथा फोहोर सफा गर्दै विद्यालय वातावरणलाई स्वच्छ, सुरक्षित र आकर्षक बनाउने कार्य गरेका थिए।
सरसफाइ अभियानले विद्यार्थीहरूमा स्वच्छता, वातावरण संरक्षण तथा सामूहिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। साथै विद्यालय परिसरलाई सफा, हराभरा र व्यवस्थित राख्न यस्ता कार्यक्रमलाई निरन्तरता दिइने विद्यालय प्रशासनले जनाएको छ।
विद्यालय प्रशासनले सरसफाइ कार्यक्रममा सक्रिय सहभागिता जनाई सहयोग पुर्‍याउने विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक, कर्मचारी तथा सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गरेको छ। आगामी दिनमा पनि यस्ता रचनात्मक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूमा सबैको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु