spot_img
spot_img

आकाश राइस मिल एन्ड फ्लोर मिलमा अखाद्य रङ मिसिएको मासको दाल फेला, ३० किलो दाल नष्ट

नेपालगञ्ज, साउन १९ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ स्थित आकाश राइस मिल एन्ड फ्लोर मिलमा संयुक्त बजार अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा अखाद्य रङ मिसाइएको मासको दाल फेला परेको छ। अनुगमन टोलीले उक्त दाल नियन्त्रणमा लिई मुचुल्का तयार गरी नष्ट गरेको जनाएको छ।

खाद्य सामग्रीको गुणस्तर कायम राख्न तथा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले गरिएको नियमित बजार अनुगमनका क्रममा करिब ३० किलो मासको दालमा अखाद्य रङ प्रयोग गरिएको भेटिएको हो। उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले उक्त दाल तत्काल जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाएको छ।
अनुगमनका क्रममा उद्योगमा उत्पादन, भण्डारण, सरसफाइ, लेबलिङ तथा खाद्य गुणस्तरसँग सम्बन्धित मापदण्डहरूको समेत निरीक्षण गरिएको थियो। टोलीले उद्योग सञ्चालकलाई प्रचलित खाद्य ऐन, नियम तथा मापदण्डको पूर्ण पालना गर्न निर्देशन दिएको छ।
संयुक्त बजार अनुगमन टोलीका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरुङले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खाद्य सामग्रीमा कुनै पनि प्रकारका अखाद्य पदार्थ वा रङको प्रयोग नगर्न व्यवसायीलाई सचेत गराउँदै यस्ता गतिविधि दोहोरिए कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिनुभयो।
अनुगमन टोलीले बजारमा बिक्री–वितरण हुने खाद्य वस्तुको गुणस्तर सुनिश्चित गर्न नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ। साथै उपभोक्तालाई शंकास्पद खाद्य सामग्री वा अनियमितताबारे सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरिएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु