spot_img
spot_img

आधारभूत उद्घोषण तालिम सम्पन्न

नेपालगञ्ज, २५ साउन । बास नेपालको आयोजनामा सञ्चालित सातदिने आधारभूत उद्घोषण तालिम नेपालगञ्जमा सम्पन्न भएको छ।
साउन १८ गतेदेखि सञ्चालन भएको तालिमको सोमबार समापन गरिएको हो। तालिममा सहभागीहरूले सात दिनको अवधिमा सिकेका ज्ञान, सीप तथा अनुभवका विषयमा यामा केसी र रत्न बुढाले प्रतिक्रिया मन्तव्य राखेका थिए।
तालिममा प्रशिक्षक मन भण्डारी, हेमराज भट्ट, रविन्द्र बोहोरा र लुना बुढाथोकीले उद्घोषणका आधारभूत पक्ष, कार्यक्रम सञ्चालन गर्ने तरिका, वक्तृत्वकला, प्रस्तुति शैलीलगायतका विषयमा प्रशिक्षण दिएका थिए।

समापन सत्रका प्रमुख अतिथि तथा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले तालिमबाट सहभागीहरूले उद्घोषणका आधारभूत तत्वबारे ज्ञान तथा सीप हासिल गरेको बताउँदै तालिममा सिकेका कुरालाई आफ्नो कार्यक्षेत्रमा व्यवहारमा लागू गर्न आग्रह गरे।
उनले जीवनमा सिकाइको अन्त्य कहिल्यै नहुने उल्लेख गर्दै ‘जीवन आफैंमा निरन्तर सिकाइको प्रक्रिया हो’ भन्ने कुरालाई सबैले आत्मसात् गर्नुपर्ने बताए।
साउन १८ गतेदेखि सञ्चालन भएको उक्त तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई समापन कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा अतिथिहरूले प्रमाणपत्र वितरण गरेका थिए।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आधारभूत उद्घोषण तालिमकी सहभागी बबिता ढकालले कार्यक्रम सञ्चालन गरेकी थिइन्।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु