spot_img
spot_img

कर्णालीबाट काठमाडौं सरुवा भएका डीएसपी यादवलाई ‘फेरि भेटौँला’ भन्दै बिदाइ

सुर्खेत, २५ साउन । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा भएर जान लागेका प्राविधिक प्रहरी नायव उपरीक्षक (डीएसपी) ज्योतिनारायण राय यादवलाई ‘फेरि भेटौँला’ कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेशअनुसार डीएसपी यादवको कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतबाट काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा सरुवा भएको हो।
सरुवा भई नयाँ जिम्मेवारी सम्हाल्न काठमाडौं जान लागेका यादवलाई कर्णाली प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) जयराज सापकोटासहित सम्पूर्ण कर्णाली प्रदेश प्रहरी कार्यालय परिवारले आत्मीय कार्यक्रमका बीच बिदाइ गरेको हो।
बिदाइ कार्यक्रममा डीआईजी सापकोटासहित प्रहरी अधिकृत तथा कर्मचारीहरूले यादवको आगामी कार्यकाल सफल, प्रभावकारी र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयमा रहँदा यादवले निर्वाह गरेको जिम्मेवारी, सहकार्य तथा व्यावसायिक भूमिकाको स्मरण गर्दै नयाँ कार्यक्षेत्रमा समेत सफलतापूर्वक जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरिएको थियो।
बिदाइका क्रममा प्रहरी अधिकारी तथा कर्मचारीहरूले नयाँ जिम्मेवारीका लागि शुभकामना दिँदै आगामी दिनमा समेत सहकार्य र आत्मीय सम्बन्ध कायम रहने विश्वास व्यक्त गरेका थिए।
‘फेरि भेटौँला’ कार्यक्रमले सरुवालाई केवल प्रशासनिक प्रक्रियाका रूपमा मात्र नभई सहकर्मीबीचको आत्मीयता, सहकार्य र व्यावसायिक सम्बन्धलाई सम्मान गर्ने अवसरका रूपमा समेत प्रस्तुत गरेको थियो।
कार्यक्रममा कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु