spot_img
spot_img

सुशील कोइरालाको ८८औँ जन्मजयन्तीमा नेपाली कांग्रेस बाँकेद्वारा रक्तदान कार्यक्रम

नेपालगन्ज २७ साउन । नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, नेपाल सरकारका पूर्व प्रधानमन्त्री तथा संविधान निर्माण प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका स्वर्गीय सुशील कोइरालाको ८८औँ जन्मजयन्तीको अवसरमा बाँकेमा रक्तदान कार्यक्रम आयोजना गरिने भएको छ।
नेपाली कांग्रेस बाँकेको आयोजनामा हुने उक्त रक्तदान कार्यक्रम २०८३ साल श्रावण २८ गते बिहीबार बिहान ८ः३० बजे नेपाली कांग्रेस बाँकेको सभा हलमा सञ्चालन हुने आयोजकले जनाएको छ।
रक्त अभाव न्यूनीकरण तथा सामाजिक सेवाको भावना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक, नागरिक समाजका प्रतिनिधि तथा सर्वसाधारणलाई सहभागी भई रक्तदान गर्न आग्रह गरिएको छ।
नेपाली कांग्रेस बाँकेले स्वर्गीय सुशील कोइरालाले अघि सारेका लोकतान्त्रिक मूल्य, राष्ट्रियता र समाजवादप्रतिको योगदानको स्मरण गर्दै जन्मजयन्तीलाई सामाजिक उत्तरदायित्वसँग जोडेर रक्तदान कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ।
आयोजकका अनुसार कार्यक्रममा रक्तदान गर्ने इच्छुक व्यक्तिहरूलाई समयमै उपस्थित भई मानव सेवाको महाअभियानमा सहभागी हुन अनुरोध गरिएको छ। जिल्लामा बेला–बेलामा देखिने रगतको अभावलाई मध्यनजर गर्दै आयोजित कार्यक्रमले आवश्यक रगत संकलनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नेपाली कांग्रेस बाँकेले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण नेता–कार्यकर्ता, शुभेच्छुक तथा जिल्लावासीमा सहभागिताका लागि अपिल समेत गरेको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु