spot_img
spot_img

महिला उद्यमी संघ नेपाल बाँकेको २३औँ वार्षिक साधारण सभा सम्पन्न

नेपालगन्ज २७ साउन । महिला उद्यमी संघ नेपाल बाँकेको २३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। संघका अध्यक्ष रेवती सिंहको अध्यक्षतामा नेपालगन्जस्थित कोशेली घरमा साधारण सभा सम्पन्न भएको हो।
साधारण सभामा आर्थिक वर्ष २०८२/०८३ को कार्य प्रगति विवरण, आर्थिक प्रतिवेदन तथा संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिएको थियो। कार्यक्रममा संघले पछिल्लो वर्ष सञ्चालन गरेका विभिन्न गतिविधि, उपलब्धि तथा महिला उद्यमीको प्रवर्द्धनका लागि गरिएका प्रयासबारे सदस्यहरूलाई जानकारी गराइएको थियो।
महिला उद्यमी संघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष तथा महिला उद्यमी संघ नेपाल बाँकेकी पूर्वअध्यक्ष अन्जु गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा संघका गतिविधि तथा महिला उद्यमीका सवालमा छलफल गरिएको थियो।
सभामा संघले सञ्चालन गरेका महत्वपूर्ण कार्यक्रमहरूको समीक्षा गर्दै महिला उद्यमीलाई थप प्रोत्साहन, व्यवसाय विस्तार, क्षमता अभिवृद्धि तथा उद्यमशीलताको विकासका लागि आगामी वर्ष सञ्चालन गरिने कार्यक्रम र नयाँ रणनीतिबारे छलफल गरिएको थियो।
साधारण सभाले संस्थाको आगामी कार्यदिशा तय गर्दै महिला उद्यमीलाई आर्थिक तथा सामाजिक रूपमा सशक्त बनाउन संघको भूमिका थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु