spot_img
spot_img

नेपाल प्रेस युनियन बाँकेको १३औँ जिल्ला अधिवेशन भदौ ६ गते हुने

नेपालगञ्ज, साउन ३० । नेपाल प्रेस युनियन बाँके शाखाको १३औँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी भदौ ६ गते शनिबार आयोजना हुने भएको छ।
नेपाल प्रेस युनियन बाँके शाखाको कार्यसमिति बैठक शाखा अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा शनिबार सम्पन्न भएको थियो। बैठकले भदौ ६ गते १३औँ जिल्ला अधिवेशन तथा साधारणसभा आयोजना गर्ने निर्णय गरेको शाखाले जनाएको छ।
बैठकले अधिवेशन सम्पन्न गर्न आवश्यक तयारीलाई तीव्रता दिने निर्णय गर्दै अधिवेशनका लागि निर्वाचन समिति गठन गर्ने निर्णय समेत गरेको छ। अधिवक्ता केशव कोइरालाको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको जनाइएको छ।
नेपाल प्रेस युनियन बाँकेका सचिव भीष्म प्रसाद लोधका अनुसार अधिवेशनको तयारीका लागि आवश्यक व्यवस्थापन तथा समन्वयका कार्यहरू अघि बढाइएको छ। अधिवेशनमार्फत नयाँ नेतृत्व चयनसँगै संगठनको भावी कार्यदिशाबारे समेत छलफल हुने अपेक्षा गरिएको छ।
नेपाल प्रेस युनियन बाँकेले जिल्लाका पत्रकारहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि तथा प्रेस स्वतन्त्रताको पक्षमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको छ।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु