spot_img
spot_img

नरैनापुरका एक सय महिला तथा किशोरीलाई ‘फ्रिडम किट ब्याग्स’ वितरण

नेपालगञ्ज, साउन २५ — बाँकेको नरैनापुर गाउँपालिका–२ लक्ष्मणपुरका एक सय जना महिला तथा किशोरीलाई ‘फ्रिडम किट ब्याग्स’ वितरण गरिएको छ।
एफकेबी यूकेको सहयोग तथा बास नेपालको आयोजनामा सञ्चालित ‘नेपालमा बसोबास गर्ने महिला तथा किशोरीहरूको महिनावारी स्वच्छता, शिक्षा तथा व्यवस्थापन’ कार्यक्रमअन्तर्गत महिला तथा किशोरीलाई पुनः प्रयोग गर्न मिल्ने सामग्रीसहितको फ्रिडम किट ब्याग्स वितरण गरिएको हो।

कार्यक्रममा नरैनापुर गाउँपालिकाका विभिन्न विद्यालयबाट प्रतिनिधित्व गरेका किशोरी, आमा समूह तथा महिला स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो। कार्यक्रममा फ्रिडम किट ब्याग्स परियोजनाकी कार्यक्रम व्यवस्थापक रमिता शाह र शिक्षा अधिकृत मिना घर्तीमगरले महिनावारी स्वच्छतासम्बन्धी जानकारी प्रदान गर्दै किट ब्याग्सको प्रयोग विधिबारे डेमोस्ट्रेसनसमेत गरेका थिए।
बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नरैनापुर गाउँपालिका–२ का वडा सदस्य फातिमा पठानी, वडा सदस्य पुष्पा कुमारी रैदास, आदर्श माध्यमिक विद्यालयकी प्रधानाध्यापक अमृता प्रसाद यादव, शिक्षक साहजराम साहु, नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका नवीन बुढा क्षेत्री तथा फ्रिडम किट ब्याग्स परियोजनाका लेखा अधिकृत प्रदीप बोहरालगायतको उपस्थिति थियो।

कार्यक्रममा बोल्दै नरैनापुर गाउँपालिकाको स्वास्थ्य शाखाका नवीन बुढा क्षेत्रीले बास नेपालले निःशुल्क उपलब्ध गराएको किट ब्याग्सको सही सदुपयोग गर्न सहभागीलाई आग्रह गरे। उनले महिलाको महिनावारी स्वास्थ्य तथा स्वच्छताको विषयलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरेकोमा बास नेपाललाई धन्यवाद दिए।
त्यस्तै, आदर्श माध्यमिक विद्यालयका शिक्षक साहजराम साहुले बजारमा पाइने सेनेटरी प्याडको प्रयोगमा हुने खर्च घटाउनुका साथै पुनः प्रयोग गर्न मिल्ने कपडाको सेनेटरी प्याडले आर्थिक बचतमा समेत सहयोग पुग्ने बताए। बास नेपालले निःशुल्क उपलब्ध गराएको किट ब्याग्सलाई सुरक्षित र उचित रूपमा प्रयोग गर्न उनले सहभागीलाई आग्रह गरे।

नरैनापुर गाउँपालिका–२ की वडा सदस्य पुष्पा कुमारी रैदासले महिला तथा किशोरीलाई लक्षित गरी गरिएको किट ब्याग्स वितरणले समुदायका महिलालाई ठूलो राहत पुग्ने बताइन्। उनले प्राप्त सामग्रीको सही सदुपयोग गर्न सहभागीलाई आग्रह गरिन्।
कार्यक्रममा सहभागीलाई स्वागत गर्दै बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार बर्माले कार्यक्रमको उद्देश्यबारे जानकारी गराएका थिए। कार्यक्रमको सञ्चालन बास नेपालका जनसम्पर्क अधिकृत माधव कार्कीले गरेका थिए।

Nayapradesh
Nayapradeshhttps://nayapradesh.com
सलाम मिडिया प्रा•लिद्वारा संचालित सम्पर्क नंः 980172862 प्रकाशक/अध्यक्ष : सलामत अलि शेष

सम्बन्धित लेख हरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Stay Connected

0FansLike
0FollowersFollow
0SubscribersSubscribe
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

नयाँ लेखहरु